वीरगंज, बैशाख २६ ।
वीरगंज महानगरपालिका वडा नम्बर ११ दुर्गाटोल श्रीपुरमा आज सेनिटाइजिङ्ग गरिएको छ ।
साहिब दरबार सेवा संस्थान वीरगंजको समन्वयमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सुरक्षित रहन सेनिटाइजिङ गरिएको साहिब दरबार सेवा संस्थानका अध्यक्ष राजेशमान सिंहले जानकारी दिनुभयोे ।
वीरगंज महानगरपालिका भित्र कोरोना भाइरस (कोभिड १९) बाट उच्च जोखिम बढे पछि नगरबासीहरुको हितका लागि सबै वडाहरुमा सेनिटाइजर छर्नुको साथै बिपन्न गरिब र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई निःशुल्क खानाको व्यवस्थापन समेत गरिएको अध्यक्ष सिंहले बताएका छन् ।
लकडाउनका कारण खान नपाएका सडक पेटिमा बसेका बटुवा र निमुखा जनावरहरुलाई समेत खाना खुवाउने काम साहिब दरबार सेवा सस्थानले गरेको अध्यक्ष सिंहले बताए ।
राहुल कुमार तुल्सयानको नेतृत्वमा सुनिल कुमार, सुनिल राउत, किसान राउत, बिशाल राउत सहितको टोली आज सेनिटाइजर छर्ने देखि निःशुल्क खाना खुवाउने कार्यमा खटिएका थिए ।
साहिब दरबार सेवा संस्थानले सामाजिक कार्यमा राम्रो काम गरेको भन्दै दुर्गाटोल सुधार समितिका सचिव विकास शर्माले धन्यवाद दिनु भएको थियो ।
सो अवसरमा दुर्गा टोल सुधार समितिका अध्यक्ष एवम् सामुदायिक सेवा केन्द्रका सचिव दिलिप प्रधान, टोल सुधार समितिका सदस्य राज भन्डारी लगायतको उपस्थित रहेको थियो ।