वीरगञ्ज, माघ २७
पर्सामा सुरक्षा प्रमुखहरु फेरिएका छन् । नयाँ सुरक्षा प्रमुखहरुको लागि चुनौति मानिएको यस जिल्लालाई नयाँ सुरक्षा नेतृत्वले कसरी काबुमा लिन्छ र शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रण र चोरी डकैती एवं तस्करी दुरुत्साहन गर्न कस्तो खालको योजना अगाडी सार्छन्, त्यो सबैले गम्भिरताका साथ हेरिरहेका छन् ।
खुल्ला सिमासँग जोडिएको पर्सा जिल्ला तस्करीका कारण बारम्बार चर्चामा आउने गरेको छ भने प्रहरी प्रशासन समेत त्यो व्यापारको सारथी बन्ने गरेको कुरामा कसरी परिवर्तन हुन्छ त्यो भने सबैले हेर्न बाँकी नै रहेको छ ।
विशेषगरी पर्सा जिल्लामा विकास निर्माणका योजनाहरु ओझेलमा परेका छन् भने ठूला ठूला परियोजना ठेक्कामा लिएर काम सुरु नगर्ने ठेकेदारहरुको उपस्थिती पनि निकै बाक्लो मानिन्छ ।
हुलाकी सडक, वीरगंज पथलैया ६ लेन सडक गण्डकदेखि मित्तेरीपुलसम्मको मुख्यसडक विस्तार अभियान, विकास निर्माण र स्थानीय तहमा फष्ट्याएको अनियमितता नियन्त्रणमा नयाँ सुरक्षा प्रमुखहरुले कस्तो भूमिका खेल्छन्, यतिबेला वीरगंजमा चासोको विषय बनेको छ ।
राजनीतिक रुपमा केन्द्रमा नेकपाको सरकार, प्रदेशमा समाजवादी नेतृत्वको सरकार, वीरगंज महानगरपालिकामा समाजवादी पार्टीको नियन्त्रण, पर्सागढी नगरपालिका, बहुदरमाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस नेतृत्व, पोखरियामा मधेस केन्द्रित दलको नेतृत्व, ठोरी, जिराभवानी, छिपहरमाई, जगरनाथपुर, पटेर्वा सुगौलीमा नेकपाको नेतृत्व त्यसैगरी कालिकामाई, सखुवाप्रसौनी, विन्दवासिनी, पकाहामैनपुरमा मधेस केन्द्रित दलको नेतृत्व, धोबिनी गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्व रहेको स्थानीय तहलाई समन्वयमा राखेर सुरक्षा व्यवस्था कायम गरी विकास निर्माण भ्रष्टाचार नियन्त्रण सुशासन कायम गर्नु चुनौती त छँदैछ, अर्को तर्फ ४ वटा निर्वाचन क्षेत्र रहेको पर्सामा ती क्षेत्र मधेस केन्द्रित दलको नेतृत्वमा रहनुले केन्द्र सरकारको चेपुवामा सुरक्षा नेतृत्व पर्न सक्ने अनुमान लगाउन थालिएको छ ।
आजको जन भण्डाफोर दैनिकमा समाचार छ ।