वीरगंज, जेष्ठ १७ । रोट्रयाक्ट क्लब अफ पिपुल्स क्याम्पसको आयोजनामा युथ टक अनलाईन सेमिनार आज सम्पन्न भएको छ ।
लकडाउनको समयमा सूचना प्रविधिलाई सदुपयोग गर्दै क्लबले शनिबार युथ टक अनलाईन सेमिनार सम्पन्न गरेको हो ।
जुम एप मार्फत देशभरका विभिन्न क्षेत्रमा रहेका युवाहरुलाई लक्षित गर्दै सेमिनारको आयोजना गरिएको कार्यक्रम संयोजक प्रयूशा थिङ्गले बताईन् ।
युवाहरुमा पछिल्लो समय देखिएको मानसिक तनाव कम गर्न, युवाहरुको व्यक्तित्व विकास, क्षमता अभिबृद्धि, व्यवसायिक विकास तथा लक्ष्यप्रति उत्प्रेरीत गराउन र देश तथा समाजको लागि केही गर्न सकोस भन्ने सोचको विकास गराउने विषयहरुमा चर्चा गरिएको जानकारी गराईन् ।
सेमिनारको सहजीकरण राजन कोइराला र रन्जु दर्शनाले गरेको थिङ्गले बताईन् । सेमिनारले लकडाउनका समयमा खेर गइरहेको समयलाई सदुपयोग गर्न राम्रो अवसर दिएको थिङ्गले बताईन् ।
कार्यक्रममा क्लबका अध्यक्ष सदिक्ष्या कँडेल, मनोज श्रेष्ठ, जूना पुन, संध्या पाण्डे, बेंजू, पवन र सिल्विया लगायतको सहभागिता रहेको थियो ।