सञ्जिव मिश्रा
वीरगञ्ज, माघ २८
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा छोरी शिक्षा बिमा साप्ताहिक शिविर शुरु भएको छ ।
मुख्यमन्त्रीको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत आयोजित छोरी शिक्षा बिमाको उदघाटन गर्दै प्रदेश सभा सदस्य प्रहलाद गिरीले छोरीहरु लक्ष्मी हुन् भन्ने उखानले अहिले प्रदेश सरकारको पहलमा सार्थकता पाएको बताउनुभयो ।
साथै सातवटै प्रदेश मध्ये छोरीहरुको लागि २ नम्बर प्रदेशले मात्रै विशेष योजनाहरु ल्याएको र आगामी दिनमा अझै धेरै योजनाहरु ल्याउने पहल भइरहेको पनि गिरिले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा भएको शिविरमा आज सयौं जना भन्दा बढी छोरीहरुको बिमा गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य मन्जुर अंसारी, जिल्ला समन्वय समितिका संयोजक नेक महमद अंसारी, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, छोरी शिक्षा बिमा संयोजक आमोद यादव, गाउँपालिका उपाध्यक्ष किरण देवी, वडाध्यक्ष सगिर मियाँ, संजय चौहान, सलमा खातुन, अनोज चौरसिया, सुकदेव राउत अहिर, निमित्त प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, लेखाअधिकृत मिथलेस कुशवाहा, रमेश साह तेली लगायतको सहभागिता रहेको प्रेस संयोजक संजीव मिश्राले बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्यको क्रममा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले प्रदेश सरकार र स्थानिय सरकारको समन्वयमा महिला मुखी कार्यक्रमका साथै विभिन्न क्षमता अभिबृद्धि तथा सीपमुलक तालिमहरु विगतमा पनि सञ्चालन गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष कानुले अब देखी गाउँपालिकाबाट हरेक किसिमका सेवा सुविधा समयमा उपलब्ध गराउने बताउँदै रोकिएका योजनाहरुलाई तिव्र गतिमा बढ्ने बिश्वास पनि व्यक्त गर्नुभयो । छोरीहरुको लागि बिशेष योजना गाउँपालिकाले पनि सञ्चालन गर्ने उहाँको भनाई छ । कार्यक्रमको सहजिकरण मुकलेश राउत गद्दीले गर्नुभएको थियो ।