वीरगंज, जेठ २४ । नेपाली काँग्रेस पर्साले कर, बैंक ब्याज र बिजुलीको बिल मिनाहाको माग गर्दै आज वीरगंजमा विरोध प्रर्दशन गरेको छ ।
नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ ले लकडाउनमा जनतालाई सहुलियत दिनुपर्नेमा सरकारले उल्टै कर असुल्न जारी गरेको सूचनाको विरोधमा शनिबार दिउँसो १२ बजेदेखि १ बजेसम्म १ घण्टा वीरगंजको आदर्शनगर चौकमा विरोध प्रर्दशन गरेको हो ।
विरोध प्रर्दशनमा सहभागी कांग्रेसका नेता कार्यकर्ताले लकडाउन अवधिभरीको कर, बैंक ब्याज तथा बिजुलीको बिल माफ गर्नुपर्ने माग सहितको प्लेकार्ड लिएर प्रर्दशन गरेको हो । आर्दशनगर चौकमा समाजिक दुरी कायम गरी उनीहरुले सरकार विरुद्ध प्रर्दशन गरेका हुन् ।
विरोध कार्यक्रमको नेतृत्व गरीरहेका नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का अध्यक्ष विजय सर्राफले लकडाउन अवधिभरको कर, बैंक ब्याज र बिजुली बिल माफ गर्नुपर्ने माग गरे । लकडाउनमा सम्पूर्ण व्यवसायी नै धरासायी भएको अवस्थामा छ उनले भने, यसबाट प्रभावितलाई सरकारले राहत दिनुपर्नेमा उल्टै कर बुझाउँन ताकेता गर्नु उचित छैन ।
लकडाउन अवधीभरको कर, बैंक ब्याज र बिजुली बिल मिनाहा सहित जनताको समस्या यथाशीघ्र समाधान गर्नुपर्ने उनले माग गरे । अध्यक्ष सर्राफले भने, लकडाउनले गर्दा, साना व्यापारी र आम जनता मर्कामा परेको हुनाले यथाशीघ्र समस्या समाधान हुनुपर्ने माँग गर्दै पहिलो चरण अन्तर्गत विरोध प्रर्दशन गरिएको छ । सरकारले आफ्नो निर्णय सच्याएन भने, थप दोश्रो चरणको विरोधको कार्यक्रम गरिने उनले बताए ।
विरोध प्रदर्शनमा सहभागीहरुले अर्थमन्त्री राजिनामा दे, जनता मार्न पाइँदैन, नागरिकले तिर्नु पर्ने कर बिजुली बिल, बैंक ब्याज, मिनाहा गर लगायतका नारा लगाएका थिए । सरकारले नागरिकका समस्यालाई यथाशीघ्र सम्बोधन नगरे कडा संघर्षमा उत्रने सहभागीहरुले चेतावनी दिएका छन् ।
आर्दशनगरको मुख्य चौकमा कांग्रेसको प्रदर्शन भईरहेको बेला व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । कोरोना महामारीको संक्रमण फैलन नदिनका लागि समाजिक दुरीलाई व्यवस्थित बनाउन वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुको नेतृत्वमा एसटिएफको टोली सहित उल्लेखय रुपमा प्रहरी परिचानल गरिएको थियो ।
विरोध कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, जिल्ला सचिव श्याम पटेल, पार्टीका युवा नेता एवं पूर्व सांसद अनिल रुङ्गटा, पार्टीका जिल्ला कोषाध्यक्ष ईम्तीयाज आलम, जी.पी.कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मो.सहाबुद्दिन, सचिव धिरज गुप्ता, मनोहर साह, नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारी, ठा.रा.ब. एकाई अध्यक्ष मनोज साह, तरुण दलका कालु सिंह, महिला नेत्री रुपा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।