वीरगंज, जेठ २५ । वीरगंज महानगरपालिकाको कोरोना विपद् व्यवस्थापन कोषमा नेपाल भ्यालुवर्स एसोसिएसन वीरगंज च्याप्टरको तर्फबाट आर्थिक सहयोग गरिएको छ ।
वीरगंज महानगरपालिका कार्यालयले पिसिआर मेसिन, भिटिएम किट लगायत स्वास्थ्य सामग्री खरिदका लागि शुरु गरेको अभियानमा सहयोग स्वरुप भ्यालुवर्स एसोसिएसन वीरगंज च्याप्टरले रु. ४५ हजार नगद हस्तान्तरण गरेको हो ।
नेपाल भ्यालुवर्स एसोसिएसन वीरगंज च्याप्टरका अध्यक्ष ईन्जिनियर मुन्ना सर्राफको नेतृत्वमा गएको टोलीले वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई आज उनको कार्यकक्षमै भेटेर नगद रु. ४५ हजार हस्तान्तरण गरेका थियो ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष सर्राफले महानगरपालिकाद्वारा शुरु गरिएको अभियानमा अन्य सम्पूर्ण सरोकारवाला निकाय, क्षेत्र र व्यवसायिक संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरेका थिए ।
उनले कोरोना भाइरसको युद्धमा सबै मिलेर अगाडी बढे अभियानले सार्थकता पाउने बताए ।
त्यसैगरी मेयर सरावगीले नेपाल भ्यालुवर्स एसोसिएसन वीरगंजलाई सहयोग गरेकोमा धन्यवाद दिंदै महानगरपालिकाले खरिद गर्न लागेको पिसिआर मेसिनबाट छिट्टै परीक्षण शुरु हुने जानकारी दिए ।
सो अवसरमा एसोसिएसनका तर्फबाट ईन्जिनियर प्रकाश अमात्य, संजय खेतान, आत्माराम, अमृतलाल जोशी, प्रमोद साह, नितेश झा लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।