वीरगंज, जेठ २५ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले वीरगंजमा रहेको क्वारेन्टाइनमा हात धुने मेसिन लगायत सरसफाइका सामग्रीहरु सहयोग गरेको छ ।
लकडाउनको क्रममा भारतमा रोकिएका नेपालीहरुलाई वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत, नेपाल रेडक्रस सोसाईटी प्रदेश नं २ का अध्यक्ष फूलमहम्मद मियाँ, रेडक्रस पर्साका सभापति वीरेन्द्र राज कँडेल, युनिसेफका प्रतिनिधि बोधनारायण श्रेष्ठबीचको बैठकबाट भएको सहमती अनुसार रक्सौल नाकाबाट प्रवेश गराइ ठाकुरराम बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका प्रवासी नेपालीहरुकालागि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा हात धुने मेसिन र महिलाहरुको लागि आवश्यक पर्ने शारीरिक सरसफाईका सामग्रीहरु सहयोग गरिएको छ ।
ठाकुर राम बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनका प्रतिनिधि एवं सुरक्षा निकायका प्रतिनिधिहरुलाई रेडक्रस पर्साका सभापति विरेन्द्र राज कँडेल, मन्त्री शैलेन्द्र कु्मार चौरसिया, कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साबिर अहम्मद एराज, उपकोषाध्यक्ष दयाशंकर सिंह, लेखापाल विरशम्सेर प्रसाद कुर्मीले क्यारेन्टाईनमा प्याडल ह्याण्ड वासिङ्ग मेसिन, हार्पिक, ब्रस, बाल्टिन, मग, पेस्ट, फिनाईल लगायतका सरसफाईका सामग्रीहरु हस्तान्तरण गरिएको रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराएका छन् ।