वीरगंज, जेठ २६ । वीरगंज महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्रलाई धाक धम्की देखाउँदै पैसा माँग गर्ने हिरा अन्सारीको पर्दाफास भएको छ ।
वडा नम्बर २६ निवासी जुमइ अन्सारीका छोरा हिरा अन्सारीले वडा अध्यक्ष मिश्रलाई आफ्नै सालोको माध्यमले पैसा माँग गरेको र नदिए मुद्दा हाल्ने अडियो रेकर्ड सार्वजनिक भएपछी अन्सारीको पर्दाफास भएको हो ।
विगत केही महिनादेखि वडा अध्यक्ष मिश्रलाई बदनाम गर्ने तर्खरमा लागेका हिरा अन्सारी असफल भए पश्चात् आफ्नै श्रीमतीलाई प्रयोग गर्दै वडा अध्यक्षलाई धाक धम्की दिएको स्थानीयहरुले बताउँछन् ।
समाजिक संजालमा झुटको खेती गर्दै आएका अन्सारीले प्रत्येक कुरामा बिफल हुँदै आएपछि विभिन्न बहाना गर्दै स्थानिय जनप्रतिनिधिसँग बिवाद गरेको र बिवाद पश्चात् आफ्नै श्रीमतीलाई प्रयोग गरेको अडियो रेकर्डबाट प्रमाणित भएको छ ।
अन्सारीले झुटो मेडिकल रिपोर्ट समेत तयार गरेको उक्त रेकर्डबाट प्रमाणित हुन्छ । रेकर्डमा हिरा अन्सारीकै सालोले चोट नलागे पनि मेडिकल रिपोर्टमा चोट देखाइएको बताएका छन् ।
आफ्नो मुद्दा बलियो बनिसकेको छ, वडा अध्यक्ष मिश्रले ६ लाख ५० हजार रूपैया दिए मात्रै सहमतीमा आउँछौ भन्दै उनको सालो अनवर अन्सारीले भनेका छन् । अन्सारीले आफ्नो भिनाजु हिरा अन्सारीसँग कुरा भइसकेको र ६ लाख ५० हजार दिए मात्रै सहमती हुने नत्र जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दिने बताउँदै धम्काएका थिए ।
एउटा स्थानिय जनप्रतिनिधिलाई यस्तो गैर जिम्मेवारीपूर्ण तरिकाले लगाइएको आरोप झुटो रहेको प्रमाणित भइसकेको छ । यस्तो आरोप लगाउने हिरा अन्सारी लगायत सहयोग गर्ने निजकी श्रीमती एवं माध्यम बनेका सालो अनवर अन्सारी माथि अनुसन्धान हुन आवश्यक देखिन्छ ।
तसर्थ यस्ता झुटको खेती गर्नेहरूमाथि समयमै लगाम लगाउन र कानूनको कटघरामा उभ्याउन जरुरी देखिन्छ ।
नोट : अन्सारीले पैसा माँग गरेको अडियो रेकर्ड हामीसँग सुरक्षित छ ।