बारा, माघ २९
बाराको फेटा गाउँपालिका वडा नम्बर ७ गम्हरीया टोलबाट धुमधामका साथ जल यात्रा निकालिएको छ । हिन्दु धर्मावलम्बीहरुले श्री लक्ष्मीनारायण सिताराम विष्णु महायज्ञलाई महत्वपुर्ण मानेकाले यो यज्ञ हुन गइरहेको हो ।
आज बिहान करिब १० बजेको समयमा निस्केको जल यात्रामा हजारौं कुमारी कन्याहरु सहभागी भएका थिए । श्री श्री १०८ श्री लक्ष्मीनारायण सिताराम विष्णु महायज्ञले सम्पूर्ण प्राणीहरुको कल्यान गर्ने विश्वासका साथ यज्ञ गर्न लागिएको यज्ञमा सहभागी भएका प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलले बताउनु भयो ।
उहाँले यज्ञमा हुने हवनले पर्यावरणको शुद्धता माथि टेवा पुग्ने भन्दै विश्वास लिइएको बताउनु भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनलले श्री लक्ष्मीनारायण सिताराम विष्णु महायज्ञमा स्थानिय तथा प्रदेश सरकारबाट सहयोग पुर्याउने बताउनु भयो ।
श्री लक्ष्मीनारायण सिताराम विष्णु महायज्ञ ९ दिनसम्म चल्ने फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद साहले जानकारी दिनुभयो ।
उहाँले फेटा गाउँपालिका वडा नम्बर ७ गम्हरीया टोलमा हुन गइरहेको महायज्ञ चन्दा संकलन गरेर भइरहेको बताउनु भयो ।
उहाँले यस्तो भागदौडको जिन्दगीमा महायज्ञले अनेक थरीको फाइदा हुने विश्वास लिएको बताउनु भयो ।
फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद साहले शान्ति र समृद्धी ल्याउनको निम्ति महायज्ञको आयोजना गरिएको बताउनु भयो ।
श्री लक्ष्मीनारायण सिताराम विष्णु महायज्ञको यज्ञ समितिका कोषाध्यक्ष सुरेश दुबेका अनुसार जल यात्रामा करिब ५ हजारको जनसंख्यामा भक्तजन तथा कुमारी कन्याहरु सहभागी भएको बताउनु भयो ।
उहाँले करिब २५ लाखको लागतमा यज्ञ सम्पन्न हुने बताउनु भयो ।
यज्ञ समितिका कोषाध्यक्ष सुरेश दुबेले यज्ञ गराउनको निम्ति सम्पूर्ण जोतपुर गम्हरीयावासीहरुको ठूलो सहयोग रहेको बताउनु भयो ।
९ दिनसम्म चल्ने महायज्ञको निम्ति स्थानिय हिन्दु र मुस्लिम एकसाथ उभिएर श्री लक्ष्मीनारायण सिताराम विष्णु महायज्ञ सफल बनाउनमा लागि परेको यज्ञ समितिका कोषाध्यक्ष सुरेश दुबेले बताउनु भयो ।
बाराको फेटा गाउँपालिका वडा नम्बर ७ गम्हरीया टोलबाट निस्केको जल यात्रा बाराको सदरमुकाम कलैया हुँदै त्रिवेणीमा जाने बताइएको छ ।