वीरगंज, जेठ २८ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणका कारण देशमा लकडाउन भएकाले रक्तदानका कार्यक्रमहरु हुन सकेका छैनन् ।
जसका कारण रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव देखिएको छ ।
दिनहुँ बिरामीहरुको संख्या बढीरहेकोले रगतको माग पनि बढीरहेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको जि.पि.कोईराला फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले बताउनु भयो ।
फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुद्दिनको सभापतित्वमा भएको कार्यक्रममा १ महिला सहित १ सय २ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।
सो अवसरमा पुनम देवी, विरेन्द्र पाण्डे, राजेश राम, इरफान अलि, धिरज गुप्ता लगायत १ सय २ जनाले रक्तदान गरेको पाण्डेले बताउनु भयो ।
रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पुर्व सांसद अनिल रुंङ्गटा, प्रदेश सांसद ओमप्रकाश शर्मा, नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, श्याम पोखरेल लगायत पार्टीका नेता कार्यकर्ताका साथै फाउण्डेशनका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको फाउण्डेशन पर्साका कोषाध्यक्ष मनोहर साहले जानकारी दिनु भयो ।