वीरगंज, माघ २९
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा समता रणनीति कार्यान्वयन योजनाबारे एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सो गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमध्ये दलित, गरीब, विपन्न परिवारका बालबालिकाहरु बीचमा अध्ययन छाडेर बाहिरिने गरेकोमा सो नियन्त्रणका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरुले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा छलफल भएको थियो ।
गाउँपालिका प्रमुख श्रीलाल साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख किरण देवी गुप्ता, वडाध्यक्ष संजय चौहान, निमित्त प्रमुख प्रशासकिय अधिकृत मिथलेस कुशवाहा, समाजिक शाखा प्रमुख रामप्रवेश साह लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण संजयकुमार पासीले गरेका थिए । आजै गाउँपालिका प्रमुख कानुको अध्यक्षतामा समता समिति कार्यान्वयन निर्माण समिती गठन भएको छ ।
समितिमा वडा अध्यक्ष संजय चौहान, प्रधानाध्यापक सरोज चौहान, शिक्षिका मिनादेवी साह, शिक्षकहरु राजेश्वर चौरसिया, मुकलेस गद्दी, धमेन्द्र चौबे, रामचन्द महत्तो र सदस्य सचिव कपिल लामिछाने रहनुभएको छ ।