वीरगंज, माघ २९
पर्सामा भर्खरै आउनु भएकी प्रहरी उपरिक्षक गंगा पन्तले जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा स्थापति गर्ने पर्सा प्रहरीको मुख्य काम रहने बताउनुभएको छ ।
प्रहरी उपररिक्षक पन्तले खुल्ला सिमानाका कारण पर्सामा चुनौती भएकोले प्रहरी माथि थप जिम्मेवारी थपिएको बताउनु भयो । पन्तले आन्तरिक शुद्धिकरणमा जोड दिने काममा लाग्ने बताउनु भयो ।
पर्सा प्रहरीमा सुधारको क्षेत्र पहिचान गरी थप सुधार गर्ने र राम्रा कामलाई निरन्तरता दिने बताउनु भयो । जिल्लामा देखिएको चुनौतीलाई पहिचान गरी स्थानिय निकायसँग समन्वय गरी अघि बढ्ने बताउँदै पन्तले पर्सामा अपराध अनुसन्धान गर्न चुनौती भएको बताउँदै पुर्वाधारको अभावमा काम गर्न प्रहरीलाई अलि समस्या भएको बताउनु भयो । पन्तले सिसिटिभि क्यामराको अभावले गर्दा पनि अपराध र चोरी नियन्त्रणमा समस्या भएको बताउनुभयो ।
पन्तले कानुनी जटिलताको कारण चोरीको घटनामा वृद्धि भएको दाबी गर्नुभयो । सडक फराकिलो नभएका कारण र अव्यवस्थित सवारी साधनका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनुभयो । उहाँले अव्यवस्थित सवारी साधन व्यवस्थापनमा विशेष जोड दिने बताउनुभयो ।
गलत गर्ने तथा व्यक्तिगत मुनाफामा लाग्ने प्रहरीलाई कानुनी कारवाही गरिने पन्तले बताउनुभयो । उहाँले प्रेसरको भरमा गलत कार्य कहिल्यै नगरेको बताउँदै म माथि राजनितिक हस्तक्षेप हावी नहुने बताउनुभयो । नागरिकको सहयोग पाएमा अपराध नियन्त्रण, शान्ति सुरक्षा स्थापना गर्न प्रहरीलाई सहयोग पुग्ने दाबी गर्नुभयो ।
महिला प्रहरीलाई काम गर्न सजिलो नभएको बताउँदै अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्न आम नागरिकलाई पनि सँगै लिएर प्रहरीले आफनो काम गर्ने पन्तले जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरीको कार्यक्षेत्र भित्र पर्ने सबै काम समाजसँग सदैव सहकार्य गरी दबाब र प्रभाव रहित वातावरणमा गर्ने प्रहरी उपरिक्षक पन्तले बताउनु भयो ।
आजको जन भण्डाफोर दैनिकमा समाचार छ ।