वीरगंज, जेठ ३० । राईजिङ नेपालले आफ्नाे चौथो स्थापना दिवसको अवसरमा शुक्रबार आयाेजित रक्तदान कार्यक्रममा २ महिला सहित ४८ जनालाले रक्तदान गरेका छन् ।
संस्थाका अध्यक्ष मन्टु गिरिकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अधिकारी बस्नेतले रक्तदाताहरुलाई रक्तदान गर्ने ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमकाे उद्घाटन गरेका थिए ।
वीरगंजको फुलवारी टाेलस्थित आयाेजक संस्थाकाे कार्यालयमा भएकाे कार्यक्रममा अनु गुप्ता, आशा कुमारी, सुनिल प्रसाद राउत, नाैसाद अन्सारी, रवि बर्णवाल, गाैरीशंकर सिंह, गौरव बर्मा, सुबाेध पाैडेल, कुन्दन पटेल, धिरज शर्मा, मुन्ना गिरी, रमेश साह, सराेज अन्सारी, राइल खान लगायत ४८ जनाले रक्तदान गरेकाे आयाेजक संस्थाले जनाएकाे छ ।
कार्यक्रममा नेपाल रेडक्र्स सोसाइटीका दयाशन्कर सिंह, राजन श्रीवास्तव, युवा नेता निखिल वर्णवाल लगायतको उपस्थित रहेको थियो भने प्राविधिक सहयोग रक्तसञ्चार केन्द्रका जितेन्द्र प्रसाद कुशवाहा र सुजित पटेलको टोलिले गरेको थियाे ।
साे अवसरमा संस्थाका अध्यक्ष गिरीले दुर्व्यसनमा फसेका असहाय तथा एकल व्यक्तिहरुलाई नि:शुल्क र गरिब तथा निम्न वर्गका प्रभावित व्यक्तिहरुलाई आर्थिक भार कम पर्ने गरि संस्थाले उपचार सेवा प्रदान गर्ने घोषणा समेत गरे ।