वीरगंज, जेठ ३२ । वीरगंज ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले ग्रिन सिटीलाई सामुदायिक प्रहरी सेवा केन्द्रको नाममा राजनिती गर्ने अखडा बनाएको त्यस क्षेत्रमा व्यवसाय सञ्चालन गर्नेहरूले आरोप लगाएका छन् ।
फेसबुक, मेसेन्जर, वाट्सप, भाईभर लगायतका समाजिक सञ्जालहरुमा अहिले ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, वीरगंज आर्दशनगरका अध्यक्ष प्रकाश खेतानको एउटा भिडियो व्यापक रुपमा भाईरल भएको छ ।
त्यस भिडीयोमा अध्यक्ष खेतानले आफुले चाहेमा आदर्शनगरमा रहेका बैंकहरुलाई जरीवाना गर्ने हैसियत रहेको भनेका छन एउटा सामुदायिकका अध्यक्षले कुनै व्यक्ति वा संस्थालाई आफूखुशी कार्वाही गर्ने अधिकार कसले दियो त ? अहिले वीरगंजमा चर्चाको विषय बनेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक वीरगंज शाखाको सहयोगमा आर्दशनगरमा रहेका बैंकहरुको अगाडी फुल रोप्ने जालीमा टाँसिएको पार्किङ्ग सम्बन्धि सार्वजनिक सुचनाको ब्यानर ग्रिन सिटीका अध्यक्ष प्रकाश खेतानले रातीको समयमा बैंकको सुरक्षामा खटिएका सुरक्षा गार्डलाई धम्काउँदै च्यात्न लगाएको भिडीयो भाईरल भएको हो ।
ग्रिन सिटीका अध्यक्ष प्रकाश खेतानले आफ्नो पदको दरुपयोग गरी आर्दशनगरवासीहरुलाई दुःख दिईरहेको यो घटनाले स्पष्ट भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र भनेको आम जनतासँग हातेमालो गरेर समाजमा हुने गलत क्रियाकलापलाई निर्मुल पार्नका लागि स्थापना गरिएको संस्था हो । जनतालाई दुःख दिनको लागि होईन । प्रकाश खेतानले सामुदायिक प्रहरीको आडमा आदर्शनगरका व्यापारीहरुलाई डर त्रास देखाउने गरेको, अनावश्यक रुपमा चन्दा उठाउने गरेको आर्दशनगरका व्यापारी बताउँछन् ।
पर्सा जिल्लामा लकडाउन खुकुलो भएसँगै अतिनै सम्वेदनशील क्षेत्र मानिने बैंकहरु अगाडी मोटरसाईकल पार्कीङ्गले गर्दा भिडभाड हुन थालेपछि भिडभाड हुन नदिनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरि सार्वजनिक रुपमा बैंक अगाडी स्थानिय प्रशासन र वीरगंज महानगरपालिकाले कायम गरेको नयाँ पार्कीङ्ग क्षेत्रका बारेमा सेवाग्राहीहरुलाई सुसूचित गर्न सुचना टाँसिएको थियो, सो सुचना टाँस गर्न वीरगंज महानगरपालिकाले समेत लिखित स्वीकृती दिएको थियो । तरपनि वीरगंज महानगरपालिकाले दिएको स्वीकृतिलाई लत्याउँदै अध्यक्ष खेतानले रातीको समयमा बैंकका सुरक्षा गार्डलाई धम्काउँदै सुचना च्यात्न लगाएका थिए ।
ग्रिन सिटीलाई सो क्षत्रका बैंकहरुले अहिलेसम्म आर्थिक सहयोग गर्दै आईरहेका छन् ।
सहयोग गर्ने रहर नभएर बाध्यताले सहयोग गर्दै आईरहेको ती बैंकका कर्मचारीहरुले बताउने गरेका छन् ।
आदर्शनगरमा सञ्चालनमा रहेका बैंकहरूले ग्रिन सिटीलाई आर्थिक सहयोग नगरे अध्यक्ष खेतानले पार्किङ्गका नाममा विभिन्न बखेडा झिक्ने गरेको बैंक कर्मचारीहरूको भनाइ रहेको छ ।
बैंकमा आउने सेवाग्राहीहरूको सवारी पार्किङ्गमा सहजताका लागि बाध्य भएर ग्रिन सिटीलाई बेला बेलामा आर्थिक सहयोग गर्ने गरेको ति क्षेत्रका बैकहरूले दुःखेसो पोखेका छन् ।
अहिले सामाजिक सञ्जालहरुमा खेतान विरुद्ध चर्को आलोचना भइरहेको छ । उनीमाथि बेलाबेलामा आदर्शनगरका व्यापारीहरुसँग अवैध रुपमा चन्दा उठाउने र सो चन्दा वापत उठाइएको रकमको हिसाब कहिलेपनि नदेखाउने आरोप पनि छ, उनी सामुदायिकको अध्यक्ष भएदेखि हालसम्म अधिवेशन भएको छैन् । जबकी कुनैपनि संस्थाको निर्धारित समयमा अधिवेशन गर्नुपर्छ, आय व्यय पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्छ अन्यथा त्यो संस्था अवैधानिक ठहरिन्छ ।
खेतानले संस्थामा प्राप्त हुने आर्थिक सहयोगको कुनै हिसाब किताब सार्वजनिक नगरि मनपरि ढङ्गले आर्थिक अनियमितता गरेको समेत आरोप लागेको छ ।
वीरगंजका उद्योगी र व्यापारीहरुसँग चन्दा सहयोग लिइ ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनमा बसेका व्यक्तिहरुलाई खाना र नास्ता वितरण गरेको नाममा समेत अध्यक्ष खेतानले आर्थिक हिनामिना गरेको आर्दशनगरका युवाहरुको आरोप रहेको छ ।
यस सम्बन्धमा छानबिन गर्नका लागि आदर्शनगरका युवाहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी गरेको बताइएको छ ।