वीरगंज, जेठ ३२ । वातावरणको संरक्षण तथा प्रवद्र्धधनका क्षेत्रमा काम गर्ने संस्था वातावरण जिउने आधारले आज देशैभरि फैलिएका शाखा सञ्जालहरूको नयाँ कार्यसमिति चयन गरेको छ ।
संस्थाका राष्ट्रिय अध्यक्ष आकाश चौहान तथा केन्द्रिय उपाध्यक्ष रूपक पटेलको अध्यक्षतामा शनिबार बसेको बैठकले वीरगंज, जनकपुर, पोखरा र काठमाडौं शाखाका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
वीरगंज
संस्थाको वीरगंज शाखाको अध्यक्षमा रोहित वर्णवाल, उपाध्यक्षमा सौरभ वर्णवाल, सचिवमा गरिमा पाण्डे, सह सचिवमा दिपु वर्णवाल, कोषाध्यक्षमा मो. नवाज, सहकोषाध्यक्षमा सुशिला पौडेल, जन सम्पर्क अधिकारीमा मयन्क रौनियार, कार्यक्रम संयोजकमा पवन पटेल र योजना प्रबन्धकमा प्रभाकर चौरसिया सर्वसम्मत चयन भएका छन् । त्यसैगरि क्षेत्रिय संयोजकमा आशुतोष चतुर्वेदी, पर्सा जिल्ला संयोजकमा राजन रौनियार, सहसंयोजकमा विकाश चौहान पनि कार्यसमितिमा परेका छन् ।
जनकपुर
जनकपुर शाखाको अध्यक्षमा प्रशान्त सिंह, उपाध्यक्षमा काजल झा, सचिवमा शुभम साह, सहसचिवमा आकाश ठाकुर, कोषाध्यक्षमा सिमा कुमारी यादव, कार्यक्रम संयोजकमा रजत कायस्थ र सदस्यमा अलंकार कुमार यादव सर्वसम्मत चयन भएका छन् ।
काठमाडौं
संस्थाको काठमाडौं अध्यक्षमा दिपेश पोखरेल, उपाध्यक्षमा श्रेया बज्राचार्य, सचिवमा श्रेया कँडेल, सहसचिवमा आयुष्मा वाग्ले, कोषाध्यक्षमा रित काफ्ले, कार्यक्रम संयोजकमा किश्मत मियाँ र जनसम्पर्क अधिकारीमा निश्चल घिमिरे सर्वसम्मत चयन भएका छन् ।
पोखरा
संस्थाको पोखरा अध्यक्षमा सुन्दर श्रेष्ठ, उपाध्यक्षमा दिपेन्द्र भण्डारी, सचिवमा विनोद पराजुली, सहसचिवमा लोकराज थापा मगर, कोषाध्यक्षमा अनिषा ओझा, कार्यक्रम संयोजकमा साम्राज्य सुवेदी, कल्पना गहतराज, लोजिस्टीक प्रबन्धकमा उमेश शर्मा र जन सम्पर्क अधिकारीमा किशोर गिरी सर्वसम्मत चयन भएको संस्थाका केन्द्रिय सचिव रवि यादवले जनाएका छन् ।
वातावरणको संरक्षण र संस्थाको हक हितमा काम गर्न नयाँ कार्यसमितिलाई संस्थाका केन्द्रिय पदाधिकारीहरूले शुभकामना दिएका थिए ।
संस्थाले पर्यावरण को हित तथा संरक्षणका लागि विभिन्न योजनामा निरन्तर काम गरिरहेको जनाएको छ ।
संस्थाले हाल वीरगंज महानगरको सडकपेटिमा गरिएको वृक्षारोपण बारे अध्ययन गरिरहेको छ ।
त्यस्तै आगामी शनिबार देखि पर्साको श्रीसिया नदीको संरक्षणका लागि बनाइएको योजनामा काम शुरू गर्न लागेको छ ।
यसैबिच निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा वातावरणमा हुने क्षती बारे उचित अध्ययन गर्न संस्थाले सरकारलाई आग्रह गरेको छ ।
देशमा दजर्नभन्दा बढी ठुला आयोजनाहरू अलपत्र परिरहेको बेलामा विमानस्थलको निर्माण समयमा सम्पन्न हुने ग्यारेन्टीका साथ निर्माण शुरू गर्न संस्थाले अपिल गरेको छ ।
‘निर्माणका नाममा लाखौँ वृक्ष कटान गर्ने र त्यसपछि निर्माण अलपत्र पार्ने, यसो हुनु हुँदैन ।’ संस्थाका राष्ट्रिय अध्यक्ष चौहनले भने ।
नगर क्षेत्रमा रोपिएका बोटबिरूवाहरूको रक्षा तथा वातावरणीय प्रदुषण नियन्त्रणका लागि संस्थाको पहलमा ग्रिन आर्मी तयार हुँदैछ । ग्रिन आर्मीले बोटबिरूवाको संरक्षण, अपरिहार्यता र वातावरणीय प्रदुषण नियन्त्रणका लागि जनचेतना फैलाउने काम गर्नेछ ।