वीरगंज, असार ५ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आज वीरगंजबाट प्रसारण हुने एफएम रेडियोका संचालकहरुसँग महानगरपालिकाले आगामी नीति, बजेट तथा कार्यक्रममा स्थानिय एफएम रेडियोहरुलाई कसरी सहयोग र सहाकार्य गर्ने भन्ने विषयमा छलफल कार्यक्रमको आयोजना गर्नु भएकोे छ ।
मेयर सरावगीले सो अवसरमा सूचनाको भरपर्दो माध्यम रेडियोलाई महानगरपालिकाले कुन कुन मापदण्डमा सहयोग गर्ने र रेडियोले पनि महानगरपालिकाको कुन कुन क्षेत्रमा सहकार्य गर्न सक्छ भन्ने विषयमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा उहाँले विज्ञापन हरेक दिन उपलब्ध गराउने योजना बनाएको र त्यसको सम्बोधन आगामी नगर परिषदमा गर्ने जानकारी गराउनु भएको थियो ।
छलफल कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप कुमार निरौला, प्रेस सल्लाहकार गोविन्द देवकोटा, राजनीतिक सल्लाहकार मुकेश द्विवेदी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, बिन्दास एफएमका संचालक आरसि यादव, तराई एफएमका अजय यादव, आवाज एफएमका संजिव मिश्रा, पब्लिक एफएमका राजेन्द्र सिंह नेपाली, रेडियो सान्भीका नवराज फुँयाल लगायतका एफएमका संचालकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
छलफलमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी र कोषाध्यक्ष भूषण यादवको पनि सहभागिता रहेको थियो ।