वीरगंज, असार ६ । विश्वभर फैलिएको कोरोना भाइरसको माहामारीलाई मध्य नजर गर्दै रगतको अभाव हुन नदिन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति पर्साले आकस्मिक रक्तदान कर्यक्रमको आयोजना गरेको छ ।
कोरोना भाइरसले विश्वभरी विध्वंस मच्चाईरहेको अवस्थामा रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव परिपुर्ति गर्नका लागि नेविसंघ पर्साले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीको प्रमुख आतिथ्य एवं नेविसंघ पर्साका कार्यवाहक अध्यक्ष बिकेश पटेलको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।
रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई प्रमुख अतिथि अजय द्विवेदीले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, जिल्ला सचिव श्याम पटेल, वीरगंज महानगरपालिकाका कार्यपालिका सदस्य अरविन्द गुप्ता, जिल्ला सदस्य रोशन लामिछाने, बिरेन्द्र यादव, रामनारायण कुर्मी, नेविसंघका पुर्व केन्द्रिय कोषाध्यक्ष बैकुण्ठ श्रीवास्तव, निवर्तमान केन्द्रिय सदस्य सुधीर पटेल, बद्री नारायण तिवारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।