वीरगंज, असार १२ । जनताको बहुदलीय जनवादका प्रणेता तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ६१ औं जन्मोत्सवको उपलक्ष्यमा राष्ट्रिय युवा संघ नेपाल पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
९० को दशकमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्दै गर्दा मदन भण्डारीको अगुवाईमा नेपालमा जनताको बहुदलीय जनवादको विकास भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने प्रक्रियाको यो पहिलो प्रस्थान बिन्दु थियो ।
नेपाली जनताको क्रान्तिको मौलीक कार्यक्रमको रुपमा जनताको बहदलीय जनवादलाई नेकपा एमालेको पाँचौ रािष्ट्रय महाधिवेशनले ग्रहण गरेको थियो । नेकपा एमाले पंक्तिले यसलाई नविन बिचारको रुपमा ग्रहण गरेको थियो ।
जननेताको जन्म अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेर सृजनात्मक काम गरेको भन्दै नेकपा पर्साका अध्यक्ष प्रभू हजराले युवासंघलको प्रशंसा गर्नु भयो ।
वी.पी.उद्यानमा आयोजना गरिएको कार्यक्रममा सो रक्तदान कार्यक्रममा ३ महिला सहित ११३ जनाले रक्तदान गरेका थिए । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अरुण यादव, बृजलाल पासवान, हेमन्त तामाङ्ग्, तिवारी यादव, अरुण यादव, अकलेश साह, दुर्गा पौडेल, निर्जला पौडेल, पुजा बस्नेत लगायतले रक्तदान गनुृ भएको युवा नेता बिक्रम आलेले बताउनु भयो ।
कार्यक्रममा संविधान सभा सदस्य राजकुमार गुप्ता, नेकपाका प्रदेश सदस्य बालगोपाल थापा, छोटेलाल यादव, किशोरी कुशवाहा, रामबाबु बैठा, बाबुराम कौशिक, पार्टीका नेता नवराज शर्मा, अरबिन्द सिंह, बलिराम साह, शिवजी साह, नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष के.सी.लामिछाने, युवासंघका केन्द्रीय सदस्य विकाश रौनीयार, नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष श्याम बन्जारा अनेरास्ववियुका नेताहरु प्रभाकर गुप्ता, शिवम साह, श्याम गुप्ता, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य राघव साह, बृजलाल पासवान, नन्दकिशोर पंजीयार, अखलेश साह, संजीव मिश्रा लगायत युवा संघका पदाधिकारीहरु, पार्टी कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता युवा संघ नेपाल पर्साका अध्यक्ष मोहम्मद निजामुद्दिनले गर्नु भएको थियो ।