वीरगंज, असार १५ । नेपाल सरकारले ल्याउन लागेको विभेदकारी नागरिकता विधेयकको विरोधमा नेपाली कांगे्रसको नेतृत्वमा आज वीरगंजको घण्टाघरमा पर्सा जिल्लामा रहेका विभिन्न समुदायका अगुवा, सामाजिक संघ संस्था, बुद्धिजीवी, समाजसेवी, नागरिक समाजका अगुवाहरु सहितको वृहत धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंजको घण्टाघरमा ११ बजे देखि ४ बजे सम्म जारी धर्नामा मधेसका विभिन्न वर्ग र समुदायले सहभागिता जनाएका थिए ।
कार्यक्रममा वक्ताहरुले विभेदकारी विधेयक सबै समाजको विरुद्ध भएकाले यसलाई फिर्ता गर्नका लागि सरकारलाई दबाब दिन आन्दोलनमा जानुको विकल्प नभएको धारणा व्यक्त गरेका थिए ।
नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीको अध्यक्षतामा भएको धर्ना तथा विरोध सभामा कांग्रेस जिल्ला सचिव श्याम पटेल, पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव, प्रदेश सांसद ओमप्रकाश शर्मा, जनता समाजवादी पार्टीका नेता शशिकपुर मियाँ, निजामुद्दिन समानि, सुन्दर कुर्मि, मुकेश द्विवेदी, मेडिकल एसोसिएसन का अध्यक्ष डा.अरुण कुमार सिंह, इन्जिनियर एसोसिएसनका आत्माराम साह, कानुन व्यवसायी सुधीर कर्ण, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सा अध्यक्ष श्याम बन्जारा, तेली समाज पर्साका अध्यक्ष ध्रुव साह, नेपाल प्राध्यापक संघका रोशन लामिछाने, फलफुल व्यवसायी संघका बिदुर गुप्ता, लेखापढी व्यवसायी संघका अध्यक्ष रामाधार कलवार, नेपाल शिक्षक संघका अध्यक्ष प्रदिप कुमार जैसवाल, शिक्षक फोरम पर्साका अध्यक्ष हरेन्द्र प्रसाद चौरसिया, कबाड व्यवसायी संघका अध्यक्ष अनवर आलम, प्राध्यापक दिपक शाक्य, सुनचाँदी व्यवसायी संघका प्रवेश सर्राफ लगायतले नेपाल सरकारले ल्याउन लागेको नागरिकता विधेयक सबै समुदाय र संविधानको मर्म र भावना विरुद्ध भएको कुरामा जोड दिएका थिए ।
धर्ना तथा विरोध कार्यक्रममा किशोरी कानु, सभासद रामेश्वर रौनियार, भोला कलवार, बैकुण्ठ श्रीवास्तव, बिरेन्द्र यादव, रबिन्द्र गुप्ता, शम्भु चौरसिया, राम प्रसाद यादव, रुदल ठाकुर, अशोक राउत लगायतको सहभागिता रहेको थियो ।