वीरगंज, असार १८ । नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तीको अवसरमा जी.पी कोईराला फाउण्डेसन पर्साले वीरगंजमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
फाउण्डेसनले स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्म जयन्तीको अवसरमा मानव सेवा आश्रममा आश्रित लक्ष्मीनारायणहरुको लागि आज विभिन्न परिकारहरु सहित दिवा खानाको प्रबन्ध गरेको थियो साथै राहत स्वरुप दुई बोरा चामल, मिठाई, १ क्यारेट आँप आश्रममा प्रदान गरिएको छ ।
जी.पी कोईराला फाउण्डेसन पर्साले कोईरालाको जन्मोत्सवको अवसरमा तीन दिवसीय र्कायक्रमको घोषणा गरेको छ ।
पहिले दिनको कार्यक्रम अन्तर्गत मानव सेवा आश्रममा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले गिरिजा प्रसाद कोईरालाको योगदान स्मरणीय रहने बताउँदै कोईरालाले देखाएको सहमति सहकार्य र एकताको खाँचो अहिले पनि उत्तिकै आवश्यक रहेको पनि सभापति सहाबुद्दिनले बताए ।
जी.पी. कोईराला फाउण्डेसन पर्साका सचिव धिरज गुप्ताले गिरीजा प्रसाद कोईरालाको राजनीतिक चेतना अहिले पनि उत्तिकै सान्दर्भिक रहेको जिकिर गरेका थिए ।
फाउण्डेसन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको सभापतित्वमा भएको पहिलो दिनको औपचारिक र्कायक्रममा फाउण्डेसनका कोषाध्यक्ष मनोहर साह, सहसचिव मिन्टु देवी सिंह, सदस्यहरु प्रिति सिंह, जितेन्द्र सिंह, बाबुनन्द प्रसाद पटेल, मेहबुब अलि शेरु, मानव सेवा आश्रमका संयोजक देवेस गुप्ता, फाउण्डेसनका वीरगंज नगर सभापति आकास चौहान, नेपाली कांग्रेसका बुथ सभापति शेख निजामुद्दिन, फाउण्डेसन ईकाइ समिति वडा नं ३ का अध्यक्ष संदिप केंवट लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण जी.पी कोईराला फाउण्डेसन पर्साका सचिव धिरज गुप्ताले गरेका थिए ।