राकेश साह
वीरगंज, फागुन ७
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले महानगरपालिकाले थोरै समयमा धेरै काम गरेकोे बताएका छन् । मेयर सरावगीले वीरगंजको ३२ वटै वडामा विकास निर्माणका कामहरु भईरहेको जानकारी समेत दिए । उनले आर्थिक अभावका कारण केहि काम बाँकी रहेको जिकीर गर्दै कर्मचारी अभावका कारण पनि थुप्रै काम अधुरो रहेको बताए ।
सिमित श्रोत साधनका बावजुद वीरगंज महानगरपालिकाले छोटो समयमै धेरै काम गरेको दाबी गरे ।
केन्द्र सरकारले वीरगंजलाई बिभेद गरेको भन्दै वीरगंजमा कुनैपनि ठुलो योजनाहरु सञ्चालनमा नआउनु दु:खद पक्ष रहेको औंलाए । २४ करोडको लागतमा प्रत्येक वडाहरुमा बिजुली बती जडानको लागि प्रकृया अघि बढेकोले अगामी २ वर्षमा उज्यालो वीरगंजको अवधारणा पुरा हुने जिकीर समेत उनले गरे ।
नगरको सबै क्षेत्रको समुचित विकास जस्तै शिक्षा, स्वास्थ्य, सरसफाईमा स्थानियबासीको सहयोग आवश्यक रहेको समेत नगरप्रमुख सरावगी बताए ।
उनले वीरगंजका सबै सामुदायीक विद्यालयमा सेनिटरि प्याड वितरण मेशिन जडान गरिएको बताएका छन् । अढाई वर्ष भित्र धेरै नै विकास भएको दावी गर्दै अझैपनि प्रर्याप्त विकास हुन नसकेको स्वीकार गर्दै केन्द्र सरकारले सहयोग नगरेको कारण वीरगंजको विकास अपेक्षाकृत हुन नसकेकोमा दु:ख व्यक्त गरे ।
उनले देशभरि नै सार्वजनिक जग्गा खोजिनुपर्ने बताउँदै महानगरभित्र रहेका २५० बिगहा सार्वजनिक जग्गा सबैको सहयोग भएमा जनहितमा प्रयोग गरिने धारणा राख्दै केन्द्र र प्रदेश सरकारले प्रभावकारी कानुन ल्याए वीरगंजको २५० बिगहा जग्गा फिर्ता ल्याउन सकिने बताएका छन् ।
गलत प्रवृतिका मानिसले हजारीमल धर्मशालाबारे अनावश्यक भ्रम फैलाएको बताए । ट्रस्टले आफ्नो भवन भत्काउनु वा बनाउनु उसको अधिकार क्षेत्र भित्रको कुरा भएको बताउँदै त्यसमा अनावश्यक राजनीति गर्न जरुरी नभएको बताएका छन् ।
मेयर सरावगीले आरोप लगाउनुभन्दा पनि प्रमाण सहित कुरा गर्न आग्रह गरे । मेयर सरावगीले वीरगंजको मुख्यसडक १५ मिटर फराकिलो गर्न वीरगंज महानगरपालिकाको परिषदबाट पारित गरिएको जानकारी दिए । नेपाल सरकारले निर्णय गरेकै दिन आफुले आफ्नो घर तोड्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
सिमरा स्थित मशानघाट जग्गा प्रकरणमा आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको बताउँदै कानुन भन्दा माथि कोही नभएको जिकिर गरे । सार्वजनिक जग्गा अपचलन भएको वा बेच्नेलाई दण्डित गर्नुपर्छ भन्दै सबै जग्गा सरकारको नाममा जानुपर्ने अवस्था आएमा न्यायोचित निर्णय आउनुपर्ने बताएका छन् ।
वीरगंजबाट छाडा चौपाया नियन्त्रण गरिएको दाबी गर्दै वीरगंज महानगरपालिका भित्र ५०० वटा योजनाहरु सम्पन्न गरिएको जनाएका छन् । उनले अढाई वर्ष भित्र गरिएको कामको प्रगति सहितको रिपोर्ट कार्ड सार्वजनिक गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले वीरगंजको विकासका लागि स्थानिय जनप्रतिनिधि, राजनीतिक दल र पार्टीहरुलाई सहयोग गर्न आग्रह गरे । वीरगंजलाई असफल बनाउन विकास विरोधी शक्तिहरु लागि परेको धारणा राख्नुहुँदैे सिमित श्रोत र साधन भएको कारण वीरगंजमा सोचे जस्तो विकास हुन नसकेको बताउँदै वीरगंजको विकासको जिम्मा सबैले लिनुपर्ने धारणा राखे । उनले चुनावी घोषणापत्र मेरो कसम अनुसार आफु अघि बढिरहेको र वीरगंजलाई विकसित वीरगंज बनाउन कुनै कसर बाँकी नराखिने समेत बताएका छन् ।
आजको जन भण्डाफोर दैनिकमा समाचार छ ।