वीरगंज, साउन १६ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आफनो स्वास्थ्य अवस्थामा राम्रो सुधार भएको जानकारी गराउनु भएको छ ।
उहाँले आफनो सामाजिक संजाल मार्फत आफनो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनु भएको हो ।
मेयर सरावगीले वीरगंजमा देखिएका कोभिड सम्बन्धी पछिल्ला घटनाक्रमहरुले आफूलाई मर्माहत बनाएको बताउनु भएको छ । उहाँले आफनो व्यक्तिगत स्वास्थ्यको चिन्ता भन्दा पनि अहिले सिंगो महानगर र नागरिकको स्वास्थ्यको चिन्ता लागेको बताउनु भएको छ ।
उहाँले कोभिडबाट संक्रमित भई नारायणी अस्थायी कोभिड अस्पताल, आइसोलेशन र होम आईसोलेशनमा उपचारमा रहनु भएका सम्पूर्ण महानुभावहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु भन्नु भएको छ ।
उहाँले उपचारको क्रममा मृत्युवरण गर्नुहुने प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनुभएका परिवारजन प्रती हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।
उहाँले आफनो स्वास्थ्य लाभको कामना गरी विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सम्पुर्णमा अभार व्यक्त गर्नु भएको छ ।
वीरगंजवासीको माया, सद्भाव र शुभेच्छाका कारण चाँडै कोरोना भाइरसलाई पराजित गरि पुनः जनताको सेवामा हाजिर हुने दृढता व्यक्त गर्नु भएको छ ।
उहाँले आम नगरवासीलाई कोभिड नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको आदेशको पुर्ण रुपमा पालना गरिदिन अपिल समेत गर्नु भएको छ ।