वीरगंज, भदौ ७ । निषेधाज्ञा लम्बिए पछि गरिब, असहाय तथा मजदुरहरुलाई खाना खुवाउन नेविसंघ ठाकुरराम एकाई समिति अगाडी सरेको छ । नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष मनोज साहले इकाई समितिको अगुवाईमा गरिब, असहाय तथा मजदुरहरुलाई गत भदौ ५ गते शुक्रवारदेखि नियमित खान वितरण गर्दै आएको छ ।
यो मानविय कार्य नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्सा र ठाकुरराम इकाई कार्यसमितिको संयुक्त आयोजनामा पुर्व जिल्ला अध्यक्ष राकेश यादवको निर्देशनमा जिल्ला अध्यक्ष विकास तिवारी र इकाइ अध्यक्ष मनोज साहको नेतृत्वमा नेपाल विद्यार्थी संघले गदै आएको छ । लकडाउन नखुले सम्म गरिब, असहाय तथा मजदुरहरुलाई खाना वितरण हुने नेविसंघ ठाकुरराम इकाई समितिका अध्यक्ष मनोज साहले बताए । साथै कहि कतै कोही भोको भए जानकारी गराउन अपिल गर्दै नेविसंघले खाना नपाएर भोकाएका व्यक्तीहरु भएको स्थानमा खाना लिएर पुग्ने बताएको छ ।
नेविसंघले घण्टाघर, पानमण्डी, बसपार्क, नेशन मेडिकल कलेज लगायतको क्षेत्रमा खाना वितरण गर्दै आएको अध्यक्ष साहले बताउनुभयो । वितरण कार्य प्रत्येक दिन नियमित रुपमा हुने तथा प्रत्येक दिन १०० जनालाई खाना खुवाउने लक्ष्य लिइएको साहले बताए । एक छाक दालभात, तरकारी र पानीको बोतल प्याक, गरेर गाडी मार्फत गरिब, मजदुर, रिक्सा तथा ठेला चालकहरु बस्ने क्षेत्रमा वितरण गरिएको अध्यक्ष साहले बताए ।
खाना वितरण कार्यमा नेविसंघका विद्यार्थी नेताहरु अन्जन गुप्ता, राहुल गुप्ता, रन्जन गुप्ता, राजा साह, चन्दन सिंह, दिपेश श्रीवास्तव, केशव तिवारी, अभय कर्ण, बाबु नन्द पटेल, रवि साह, भुपेन्दर यादव तथा नेविसंघका पूर्व अध्यक्ष राकेश यादव लगायतको विशेष सहयोग रहेको अध्यक्ष साहले बताए ।