वीरगंज, भदौ १४ । प्रजातन्त्रवादी प्राध्यापक संघका सदस्य, नेपाली कांग्रेसको शिक्षा विभागका सदस्य, ठाकुरराम बहुमुखी क्याम्पस मानविकी तथा समाज शास्त्र संकायतर्फका सहायक क्याम्पस प्रमुख सह-प्राध्यापक प्रमोद गुप्ताको गत भदौ १ गते निधन भएको आज १३ औं दिनको पुण्य तिथिमा नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिले श्रद्धान्जली सभाको आयोजन गरेको छ ।
श्रद्धान्जली सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष ईम्तियाज आलमले स्व. गुप्ताको निधनले एउटा असल, साहसी र निडर अभिभावक गुमाउनु परेको बताउँदै दिवंगत आत्माको चिर शान्तिको कामना गर्नु भएको थियो ।
नेविसंघ ठाकुरराम बहुमुखी क्याम्पसका इकाई अध्यक्ष मनोज साहको सभापतित्वमा सम्पन्न भएको श्रद्धान्जली सभामा पुर्व क्याम्पस प्रमुख कृपा सिन्धु चौधरी, ललन द्विवेदी, प्रमोद कुशवाहा, त्रि.वि.प्र.संघ ठा.रा.ब.इकाई सचिव कन्हैया झा, नेविसंघका पुर्व जिल्ला अध्यक्ष राकेश यादव, त्रि.वि.प्र.कर्मचारी संघका सचिव मनोहर साह, विद्यार्थी कल्याण प्रमुख दिनेश साह, उपनिर्देशक दिपेन्द्र यादव, उप प्रध्यापक शिवाकान्त दुवे, नेविसंघ जिल्ला अध्यक्ष विकास तिवारी, शेष हजरा, अन्जन गुप्ता, बाबुनन्द पटेल, राजन गुप्ता, रवि साह लगायतको सहभागिता रहेको थियो ।