वीरगंज, असोज २ । लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस, सेन्ट्रल सिटी र रिलिफ सोसाइटी अफ कमर्स वीरगंजको आर्थिक सहयोगमा शुक्रवार वीरगंजको गहवा वडा नं. ८ का अति विपन्न २५ जनालाई आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको छ ।
खाद्यान्न सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रीक्ट गभर्नर एमजेफ लायन शम्भु नकर्मी, प्रथम भाइस डिष्ट्रीक्ट गभर्नर लायन रामप्रसाद भट्ट, डिष्ट्रीक्ट ट्रेजर लायन शिव बिडारी, डिष्ट्रीक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, एरिया नम्बर ३ का एरिया चिफ लायन प्रभाकर पंडित, लायन्स क्लबकी जोन चेयरपर्सन लायन गुड्डी जोशी, डिष्ट्रीक्ट डिपार्टमेन्ट मेम्बर लायन विजय कुशवाहा, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन आश्मा सिंह यादव, ग्रीन क्याम्पसका अध्यक्ष लायन प्रजय अग्रवाल, उपाध्यक्ष लायन किरण अग्रवाल लगायतले वीरगंज गहवाका अति विपन्न २५ जनालाई चामल, दाल, प्याज, आलु, सोयाबिन, खाने तेल, मसाला, नुन लगायतका आवश्यक खाद्यान्न सामग्री वितरण गरेका थिए ।
कोरोना महामारीको समयमा सरकारद्वारा कायम गरिएको लकडाउनका कारण आर्थिक समस्यामा परेका वीरगंज गहवा वडा नं. ८ का अति विपन्न २५ जनालाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन आश्मा सिंह यादवले बताउनु भयो । यसअघि गत भदौ २५ गते परवानीपुरस्थित लिपनीमाल वडा नं. ३ का अति विपन्न ५० परिवारलाई क्लबको आर्थिक सहयोगमा आवश्यक खाद्यान्न सामग्री वितरण गरिएको थियो ।
लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष लायन प्रजय अग्रवाल र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन आश्मा सिंह यादवको अध्यक्षतामा भएको खाद्यान्न वितरण कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगंज जय गहवा माईकी अध्यक्ष लायन निला रामले गर्नु भएको थियो ।