वीरगंज । ट्रान्सपोर्ट एशोसिएशन वीरगंजको अध्यक्षमा बालकृष्ण पोखरेल निर्विरोध विजयी भएका छन् । चितवनको सौराहामा शनिबार सम्पन्न ७ औं जिल्ला अधिवेशनमा पोखरेलको प्यानलनै निर्विरोध निर्वाचित भएको हो । अर्को पक्षबाट उम्मेदवारी दर्ता नभएपछि पोखरेलको प्यानल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अर्को पक्षका केही सदस्यले निर्वाचन प्रक्रिया बहिष्कार गरेपनि पोखरेल प्यानलको पक्षमा दुई तिहाई भन्दा बढी बहुमत सदस्यको साथ रहेको थियो ।
अध्यक्ष पोखरेलसँगै उपाध्यक्षमा प्रविण कुमार कर्ण, सचिवमा नवराज अधिकारी, सहसचिवमा राजेश पटेल, कोषाध्यक्षमा जिवेश मिश्रा सदस्यमा सुशिल कलवार, श्रीकान्त सहनी, सरोज सिंह र महेश हमाल निर्विरोध बिजयी भएको निर्वाचन अधिकृत उज्जवल देवकोटाले जनाएका छन् ।
ट्रान्सपोर्ट एशोसिएशन वीरगंजको अध्यक्षमा निर्वाचित पोखरेलको यो दोश्रो कार्यकाल हो ।
यसअघि शनिबार बिहान ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनालको प्रमुख आतिथ्यमा ७ औं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो ।
उद्घाटन सत्रमा महासंघका उपाध्यक्ष अच्युत राज खनाल, महासचिव अरुण कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
सौराहामै ढुवानी व्यवसायी महासंघको बसेको बैठकले वीरगंजको पाथीभारा ट्रान्सपोर्टका सञ्चालक राजेश मल्लिकलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।