वीरगंज, माघ २६ । जनता समाजवादी पार्टी (जसपा) पर्साले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।
संसद विघटनको विरुद्धमा लगातार विरोधका कार्यक्रम गर्दै आएको जसपाले आइतवार राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको हो ।
पुतला दहन गर्दा प्रहरी सँगको झडपमा ७ जना सामान्य घाइते समेत भएको जसपा पर्साका सचिब तबरेज अहमदले जानकारी दिनुभयो ।
जसपाका केन्द्रिय सदस्य मुन्नी श्रीवास्तव, मनमोहन पाण्डे, अमित यादब, सरोज यादब, गौरव वर्मा, दिपराज वर्मा, उर्मिला यादब सामान्य घाइते भएको अहमदले बताउनुभयो ।
पुतला दहनपछि जसपा पर्साका अध्यक्ष जगदिश पटेलको सभापतित्वमा कोणसभा सम्पन्न भएको थियो ।
कोणसभालाई प्रदेश न. २ का प्रदेश सभा सदस्य प्रह्लाद गिरी, मन्जुर अन्सारी, जन्नत अन्सारी, करिमा बेगम, भिमा यादब, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारी, जसपा पर्साका अर्का अध्यक्ष रामनरेश यादब, केन्द्रिय सदस्य फिरोज मन्सुर, रम्भा मिश्रा, पकाहमैनपुर गाउँपालिका अध्यक्ष बिजय कुमार चौरसिया, सखुवाप्रसौनि गाउँपालिकाका अधयक्ष प्रदिप जैसवला, नगर अध्यक्ष ईश्वरचन्द्र यादव , इजाक बाबु राकि लगायतले संसद विघटन संविधान विरोधी कदम भएको भन्दै यथाशिघ्र फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
जसपा पर्साका सचिब राजेश साहले कोणसभाको सहजिकरण गर्नुभएको थियो ।