वीरगंज, १८ जेठ
वीरगन्जमा काेराेना महामारीको बेला पनि आकस्मिक रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् ।
काेराेना महामारीमा रगतको अभाव हुन नदिन “कोहिपनि रगतको अभावले मृत्युको मुखमा पर्नु नपरोस “भन्ने नाराका साथ हेल्प डेक्सका किसन सर्राफ र हन्ड्रेड ग्रुप अफ वीरगन्जका सचिव बिकीं सर्राफको नेतृत्वमा आकस्मिक रक्तदान कार्यक्रम को आयोजन गरिएको थियो ।
रक्तदान कार्यक्रमको संचालन हन्ड्रेड ग्रुप अफ वीरगन्जका अध्यक्ष विनय गिरीले रगतको पोका दिई गरेका थिए । कार्यक्रममा ३ महिला सहित ६३ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा रेडक्रसका राजन श्रीवास्तव, आशिष गुप्ता, विशेष साह, निराजन गुप्ता, अरमान , जय प्रकाश गीरी, राहुल पटेल, ज्योति साह, आकाश, भगत माली, आयुष वर्णवाल, अंकेश पाण्डेय, अमित चौरसिया, सुसिल पटेल, विशाल पटेल, अनिल गिरी, राज साहब र विजय गुप्ताकाे उपस्थित रहेको थियो।