वीरगन्ज, १६ साउन । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी आज विभिन्न स्थानको सरसफाई तथा वृक्षरोपण कार्यक्रममा सहभागी हुनु भएको छ ।
महानगर प्रमुख सरावगी शनिबार बिहान शंकाराचार्य गेट र घण्टाघरमा भोलेण्टियर समूहले आयोजना गरेको सरसफाई कार्यक्रममा सहभागी फेरी वीरगन्जको घण्टाघरदेखि पूर्व लिंक रोडमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा समेत सहभागि हुनु भएको हो ।
नेपालको प्रमुख प्रवेशद्वद्धार वीरगन्जको शंकराचार्य गेटमा भोलियन्टर समुहले शनिबारदेखि फेरि शुरु गरेको सरसफाइ अभियानमा महानगर प्रमुख सरावगी पनि सहभागी भएर सरसफाईमा हौसला बढाउनु भएको थियो । कोभिड संक्रमणका कारण रोकिएको सरसफाइ अभियान भोलियन्टर समुहले शनिबारदेखि फेरि शुरु गरेको हो ।
यसअघि शंकराचार्य प्रवेशद्वारमा भोलियन्टर समुहले २५ हप्ता लगातार सरसफाइ कार्यक्रम गरेको थियो ।
आज देखि फेरि साताको हरेक शनिवार सरसफाइ गर्न थालिएको भोलियन्टर समुहका संयोजक राजन श्रीवास्तवले जानकारी दिनुभयो ।
शनिबार शंकराचार्य प्रवेशद्वार र त्यसआसपासको क्षेत्रमा वीरगन्ज महानगरपालिका प्रमुख सरावगी समेतको उपस्थितिमा सरसफाइ महशाखाका कर्मचारी र सशस्त्र प्रहरीको सहयोगमा भोलियन्टर समुहका युवाहरुले सरसफाइ गरेको श्रीवास्तवले बताउनुभयो ।
यस्तै नगर प्रमुख सरावगीकै प्रमुख आतिथ्यमा पोजिटिभ युथ क्लबले आयोजना बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्जको घण्टाघरदेखि बसपार्कसम्म जाने लिंकरोडमा वृक्षरोपण गरेको हो ।
राइनो क्लबले आयोजना गरेको वीरगन्ज चिनि कारखाना आवास क्षेत्र लिंक रोडमा पनि प्रमुख अतिथिको रुपमा महानगर प्रमुख सरावगी सहभागी भएर बृक्षारोपण गर्नुभएको छ ।
घण्टाघरदेखि बसपार्कसम्मको लिंकरोडमा गरिएको वृक्षरोपणमा दुईसय विरुवा रोपिएको तथा आवासक्षेत्रदेखि बाईपाससम्मको लिंकरोडमा एकसय पचास विरुवा रोपिएको छ ।