वीरगञ्ज भदौ ३१ । लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीले आज एक समारोहका बीच विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीद्वारा वीरगञ्जको आदर्शनगर स्थित आमाको मायाँ छात्रावासमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु सहयोग गरिएको हो ।
छात्रावासमा रहेका ३१ जना विद्यार्थीहरुलाई कापी, कलम, पेन्सिल र स्टेसनरी सामग्रीहरु सहयोग गरिएको लायन्स क्लब ईन्टरनेशनलकी रिजन चेयरपर्सन लायन आश्मा सिंह यादवले जानकारी दिएकी छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन अमर बहादुर श्रेष्ठले विद्यार्थीहरुको पढाइमा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरिएको बताए ।
क्लबका वर्तमान अध्यक्ष लायन अजय साहले लायन्स क्लबहरुले जिल्लाको सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउँदै सोही अनुसार आफुहरुले पनि विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराएको बताएका छन् ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवाल, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चीफ लायन राम बिहारी पाण्डे, डिष्ट्रिक्ट प्रोग्राम चेयरपर्सनद्वय लायन गुड्डी जोशी, लायन विजय कुशवाहा, जनजाती कल्याण आश्रम नेपालका वीरगंज संयोजक रुपेश कुमार हाँस्दा, छात्रावास प्रमुख सुरज मुर्मु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीका सचिव लायन मोनालाल यादवले गरेका थिए ।