फागुन, १३ काठमान्डौं ।
जनताबाट रिजेक्ट भएका नेतालाई प्रधानमन्त्री बनाउन संविधान संशोधन कार्यदल गठन भएकोप्रति समाजवादी पार्टीका सांसद प्रदिप यादवले आपत्ती जनाएका छन् ।
सांसद यादवले ‘‘नेकपाले संविधान संशोधनको कार्यदल बनाएकोे कुरा व्यापक चर्चामा आएपछि आफू खुशीले गदगद भएको तर समाचारलाई खोतल्दै जाँदा बिजुलीको झट्का भन्दा पनि ठुलो झटका लागेर झसङ्ग भएको बताउँदै उनले मधेसी, थारु, दलित, जनजाती, उत्पीडित र विभेदमा परेका समुदायको लागी नभएर एक जना व्यक्तिको लागी संविधान संशोधन गर्नु संविधानको खिल्ली उडाउनु हो ।’’
मंगलबार दिउँसो बसेको संसदको बैठकमा बोल्दै उनले ओली र प्रचण्डको चुनावी लहरमा पनि जनताबाट पराजित भएका बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नु जायज नरहेको बताए ।
‘‘मधेश अधिकारको लागी झण्डै ११० जना मधेशी युवाले बलिदानी दिएर शहादत प्राप्त गर्दा पनि संविधान संशोधन गर्न तयार नहुने सरकारले जनताबाट पराजित नेतालाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नु संविधानको मृत्यु पत्रमा हस्ताक्षर हो’’ उनले भने ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका सांसद यादवले सरकारले संविधानलाई खिल्ली उडाउँदै एक व्यक्तिमा केन्द्रित भएर संविधान संशोधन गर्नु संविधानवाद, लोकतन्त्र र जनमतमाथि घात गर्दै आफैले जन्माएको बच्चालाई आफैले घाँटी निमोठे सरह रहेको उनले आक्रोस पोखे ।
उनले संविधानमा भएको कमी कमजोरीलाई केलाएर त्यसको सूक्षम अध्ययनको लागी तत्कालीन कानून मन्त्री माननीय उपेन्द्र यादव जी ले प्रस्ताव गरेको संविधान संशोधन गर्न विज्ञ समुह तत्काल गठन गर्न माँग पनि गरे ।