वीरगञ्ज । महिला सशक्तीकरणको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल आमा नेपाल फाउन्डेसनको प्रथम वार्षिकोत्सव आज एक समारोहका बीच वीरगञ्जको जैन भवनमा सम्पन्न भएको छ ।
११३ औं अन्तर्राष्ट्रिय नारी दिवस तथा आमा नेपाल फाउन्डेसन महिला केन्द्रित संस्था भएकोले नारी दिवसलाई नै फाउन्डेसनको स्थापना दिवसको रुपमा मनाउने निर्णय भए बमोजिम आमा नेपाल फाउन्डेसनले हरेक वर्षको नारी दिवसमा आफ्नो स्थापना दिवसको रुपमा मनाउने फाउन्डेसनकी अध्यक्ष प्रमीता मानन्धरले बताउनु भएको थियो ।
वार्षिकोत्सवको उद्घाटन प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्नु भएको थियो ।
कार्यक्रममा मेयर राजेशमान सिंह तथा उहाँको जीवन संगीनी वीरगञ्जकी प्रथम महिला अन्नपुर्ण मानन्धरलाई आमा नेपाल फाउन्डेसनकी अध्यक्ष तथा जेष्ठ महिला नारायणीदेवी मानन्धरले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं वीरगञ्ज महानगरपालिकाका सदभावना दुत श्री अशोक वैद्य, सशस्त्र प्रहरी १३ नं. गणका प्रहरी नायब उपरिक्षक सन्तोष बस्नेत, जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी निरिक्षक मनिषा लौडारी, वीरगञ्ज महानगरपालिकाकी पूर्व उपमेयर प्रत्यासी तथा जसपा महिला फोरमकी प्रदेश उपाध्यक्ष पिंकी यादव, जेष्ठ नागरिक नारायणीदेवी मानन्धर, समाजसेवी एवं सेस्मी इन्टरनेशनल स्कुलकी प्रिन्सिपल आशमा सिंह यादव, समाजसेवी एवं महिला उद्यमी शुसिला साह, बिजी बि किड मन्टेसरीकी सञ्चालिका रोशनी श्रीवास्तव, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतलाई आमा नेपाल फाउन्डेसनद्वारा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम आमा नेपाल फाउन्डेसनकी अध्यक्ष प्रमीता मानन्धरको अध्यक्षतामा सम्पन्न भएको थियो ।