राकेश साह
वीरगंज, फागुन १५ ।
व्यापारिक मार्ग बिस्तार आयोजना वीरगंज पथलैया सडकका योजना प्रमुख संजय मिश्रले योजनाको काम नरोकिएको बताउनुभएको छ ।
योजना प्रमुख मिश्रले योजनाको काम आफनो गतिले अघि बढिरहेको दावी गर्नुभयो । जेठ १८ पश्चात सरकारले गरेको निर्णय अनुसार योजनाको काम अघि बढने बताउनुभयो । मिश्रले सार्वजनिक खरिद ऐनको छैठो संशोधन अनुसार योजनाको काम अघि बढने जिकिर गर्नुभयो ।
उहाँले मोतिहारी अमलेखगंज पेट्रोलियम पाईपलाईन योजना, घना बस्ती, रुख आदिको कारण सडक बिस्तार कार्य समयमा पुरा हुन नसकेको जिकिर गर्नुभयो । राजपत्रमानै त्रिभुवन राजमार्गको सडक २५ - २५ मिटर फराकिलो गरिने उल्लेख भएकोले त्यसको विकल्प नरहेको बताउनुभयो । हेटौंडा बजारको सडक पनि २५-२५ मिटर फराकिलो हुने ठोकुवा गर्नुभयो ।
वीरगंज नेपालको मुख्य प्रवेशद्वार भएकोले यसलाई नमुना बनाउन सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।
सर्वोच्च अदालतको आदेश अनुसार अन्तिम निर्णय हुने भएकोले त्यसको लागि पनि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । मिश्रले एक बर्र्ष्भित्र संतोषजनक काम भएको बताउनुभयो ।
उहाँले एक बर्ष्भित्र ४० प्रतिशत सम्म काम गरिएको र हाल ७० प्रतिशत काम सम्पन्न गरि सकिएको दावी गर्नुभयो । उहाँले १३ वटा योजना एकै साथ संचालन रहेको बताउँदै सबै योजनाको आफनै समस्या रहेको बताउनुभयो र मिश्रले दुई तीन वटा योजना बाहेक अरु सबै योजनाका काम संतोषजनक रहेको बताउनुभयो ।
वीरगंजमा काम शुरु गर्नु पुर्व अन्य परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो । मिश्रले अतिक्रमण हटाएर काम नगर्दा समस्या भएको जानकारी दिंदै अतिक्रमण हटाउन अवरोध हुँदा समयमा योजना पुरा हुन नसकेको बताउनुभयो ।
उहाँले घर तोडिसकेको ठाँउमा समेत नाला निर्माणमा जनताले सहयोग नगर्दा समस्या भएको बताउनुभयो । मिश्रले गण्डक शंकराचार्य गेट सम्मको सडक बिस्तार सर्वोच्च अदालतको अन्तिरिम आदेशको कारण अहिलेको लागि काम रोकिएको बताउनुभयो ।
उहाँले सर्वोच्चको आदेश आउना साथ काम शुरु हुने बताउनुभयो । उहाँले वीरगंज बचाउ अभियानबाट आर्थिक प्रलोभन नआएको दावी गर्दै प्रमाण भए कारवाही गर्ने बताउनुभयो ।
आजको जन भण्डाफोर दैनिकमा समाचार छ ।