वीरगंज, असार १६ । सामाजिक सेवामा सक्रिय वीरगंजका लायन्स क्लबहरुले आज वीरगंजका विभिन्न स्थानहरुमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरी लायन वर्ष २०२३/२४ को शुभारम्भ गरेका छन् ।
लायन्स क्लब अफ वीरगंज, लायन्स क्लब अफ वीरगंज आदर्शनगर, लायन्स क्लब अफ वीरगंज मिलेनियम एमजेएफ, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल, लायन्स क्लब अफ वीरगंज विजयपथ, लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमी, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी, लायन्स क्लब अफ वीरगंज संस्कृति गोल्ड, लायन्स क्लब अफ वीरगंज वाकिङ टिम एनएलएफ, लायन्स क्लब अफ वीरगंज कुटुम्ब, लायन्स क्लब अफ वीरगंज परिवार, लायन्स क्लब अफ वीरगंज ऐक्सीलेन्स, लायन्स क्लब अफ वीरगंज सहयोगी, लायन्स क्लब अफ वीरगंज युथ, लायन्स क्लब अफ वीरगंज नियो, लायन्स क्लब अफ वीरगंज नर्थ, लायन्स क्लब अफ वीरगंज ईनिसिएटिभ, लायन्स क्लब अफ वीरगंज गेटवे, लायन्स क्लब अफ कलैया, लायन्स क्लब अफ जीतपुर सिमरा, लायन्स क्लब अफ सिमरा युथ, लायन्स क्लब अफ गंजभवानीपुर लगायतका क्लबहरुको आयोजनामा वीरगंजको नारायणी अस्पताल, आमाको माया छात्रावास, मानव सेवा आश्रम, हाम्रो स्कुल वीरगंज, माईस्थान मन्दिर क्षेत्र, शिव मन्दिर परिसर, जनजाती कल्याण आश्रम, कलैया अनाथालय, कलैया अस्पताल, सिमरा आश्रम, पथलैया बृद्धाआश्रम लगायतका स्थानहरुमा खाना, खाजा एवं जुस खुवाउने कार्यक्रम सम्पन्न भएको लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका एरिया चिफ पिएमजेएफ लायन उमेश शर्माले बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर एमजेएफ लायन डि.एन.अग्रवालले खाना खुवाउने कार्यक्रमको प्रशंसा गर्दै आयोजक क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजकहरुलाई धन्यवाद दिनुभएको थियो ।
त्यसैगरी लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालले वीरगंजका लायन्स क्लबहरुले आज विभिन्न स्थानहरुमा खाना खुवाएर लायन वर्ष २०२३/२४ को शुभारम्भ गरेकोमा कार्यक्रमको प्रशंसा गर्दै आगामी कार्यक्रमहरु पनि यसैगरी सफलतापुर्वक सम्पन्न गर्नका लागि शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा लायन्स क्लबका विभिन्न वरिष्ठ पदाधिकारी एव लायन सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।