वीरगञ्ज । लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।
वीरगञ्जको होटल बृन्दाबनमा आयोजित अल लायन्स क्लब अफ वीरगञ्ज, जीतपुर, सिमरा, अमलेखगन्ज, गंजभवानीपुर र कलैया एरियाको संयुक्त पदस्थापन कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले आफ्नो कार्यकालमा लायन्स क्लबले गर्ने सामाजिक विकासका कार्यक्रम एवं परियोजनाहरुमा आफ्नो सक्रिय सहभागिता रहने र मन्त्रालयको तर्फबाट सक्दो सहयोग समेत गर्ने बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी डिष्ट्रिक्ट गभर्नर लायन तासी डोल्मा तुम्बाहाम्फेले एरिया ३ अन्तर्गत रहेका क्लबहरूका नवनिर्वाचित पदाधिकारीहरु एवं भर्खरै खुलेका नयाँ लायन्स क्लबका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई लायन्सको सिद्धान्त र मान्यताबारे जानकारी गराउँदै पिन लगाई पदस्थापन गराउनु भएको थियो ।
त्यसैगरि कार्यक्रमका अर्का विशिष्ट अतिथि लायन्स क्लब ईन्टरनेशनलका पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा.रमेश अग्रवालले नवनिर्वाचित पदाधिकारीहरुलाई आउने कार्यकालकालागि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा लायन वर्ष २०२३–२४ का अध्यक्षहरूले आ–आफ्ना कार्यकालका गतिवधि सहितका प्रतिवेदन र २०२४–२५ का लागि पदस्थापित अध्यक्षहरुले भावी कार्यक्रम बारे जानकारी गराएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लबका निवर्तमान डिष्ट्रिक्ट गभर्नरद्वय लायन डि.एन. अग्रवाल, लायन शम्भु नकर्मी, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर लायन बिनय बस्नेत, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, क्याबिनेट सेक्रेटरी लायन गौरी देवी चिमरिया, क्याबिनेट ट्रेजर लायन रजनी तिवारी, डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन प्रकाश बाहेती, लायन बासु तिमिल्सिना, लायन उमेश शर्मा, लायन विजया ओझैया, लायन अशोक बेरिवाल, एरिया चिफ लायन श्याम गुप्ता, कार्यक्रम संयोजक लायन संजय अग्रवाल लगायतका अतिथिहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई आउने कार्यकालकालागि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसकी रिजन चेयरपर्सन लायन स्वेता क्षेत्रीले गर्नु भएको थियो ।