वीरगंज,माघ २५
समाजवादी पार्टीका नेता एवम सांसद प्रदिप यादवले गरिबी निवारण र आर्थिक उन्नतीको लागी सहकारी उपयुक्त एवम सर्वोत्कृष्ट व्यवस्था भएको धारणा व्यक्त गर्नुभएको छ ।
श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक उत्सव कार्यक्रमको प्रमुख आतिथीको रूपमा मन्तब्य व्यक्त गर्दै सांसद यादवले छरिएको पुँजीलाई एकिकृत गर्दै समुदायको उत्थानमा सहकारीको धेरै राम्रो भूमिका रहेको बताउनु भयो ।
उहाँले देश गरिब नभए पनि चिन्तन गरिब भएको कारण समाजको विकास हुन नसकेको बताउनु भयो ।
सांसद यादवले राष्ट्रिय परिपेक्षमा सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ भएपनि प्रदेश २ को सरकारले यहाँको सामाजिक परिवेश अनुसारको सहकारी नियमावली २ वर्ष सम्ममा पनि बनाउन नसकनु दुर्भाग्य भएको बताउनु भयो ।
प्रदेश २ को परिपेक्ष्यमा मधेसी समुदायको आर्थिक उन्नतीको लागी प्रदेश सरकारलाई अबिलम्ब प्रदेश स्तरीय सहकारी कानुन बनाउन सांसद यादवले माग समेत गर्नुभयो ।
उहाँले केहि सहकारी संचालकहरुको गलत रबैयाको कारण सहकारी संस्थाहरु बदनाम भएको बताउँदै संचालकहरुलाई पारदर्शी हुन अनुरोध गर्नु भयो ।
उहाँले संचालक समितीका पदाधिकारीहरुले समय समयमा सबै सदस्यहरुलाई संस्थाको आर्थिक अवस्थाको बारेमा जानकारी गराए सदस्य र संचालक समिति बीचको सम्बन्ध अझ मजबुत हुने धारणा व्यक्त गर्नुभयो ।
श्री गणेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य शम्भु गुप्ता, संस्थाका पुर्व अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, लगायतका व्यक्तिहरुले उक्त सहकारी संस्थाको उत्तरोत्तर प्रगतिको कामना समेत व्यक्त गरेका थिए ।