एस.के.तिवारी, वीरगंज ।
इश्लामिक देशको रुपमा पाकिस्तानलाई चिनिन्छ । त्यहाँ पनि बिश्वका धेरै मुलुक जस्तै कोरोना (COVID-19) भारइरसको संक्रमणको अवस्था डरलाग्दो किसिमले बढ्दो छ ।
ति संक्रमणहरु मुख्य रुपमा त्यहाँ भएका धार्मिक भेलाहरु र शुक्रवार जुमाका दिनहुने नामाज अर्थात सामुहिक प्रार्थनाबाट बिस्तार भएको तथ्यहरु बाहिएिका छन् । त्यसपछि दुई हप्तादेखि राष्ट्रपति अरिफ अल्वी यस्ता धार्मिक भेला नगर्न र शुक्रवारको नामजका लागि बाहिर नजान भनेका छन् ।
त्यसै गरी इस्लामिक आइडियोलजी काउन्सिलका अध्यक्ष किब्ला अयाजले सुझाव दिएका छन कि जनताको स्वास्थ्यको देष्टिकोणले शुक्रवारका प्रार्थनाको लागि कोही बाहिर नजाऊन । यसअघि डिफेन्स हाउजिंग अथोरिटीले घोषणा गरिसकेको थियो कि उनीहरूको समुदायमा मस्जिदहरू बन्द गरिनेछन् ।
किन सचेत भएका छन् त पाकिस्तानका जिम्मेवार निकाय ? बलिया कारणका रुपमा केही उद्हारणका घट्ना यहाँ प्रस्तुत छ । राजधानी प्रशासनले गत सोमबार इस्लामाबादको कोट हथियाल स्थित युनियन काउन्सिल (स्थानीय तह इकाई) लाई क्वारेन्टाइनमा राखेको छ । त्यहाँ धार्मिक जमातका ६ जना सदस्यमा कोरोना भाइरसको जाँचमा ‘पोजेटिभ’ नतिजा देखिएपछि उक्त कदम चालियो ।
मार्च ११ देखि १५ सम्म लाहोर नजिकै आयोजित राईविन्डमा टेलेगीजमात मण्डलीमा भेला भएपछि त्यसमा सहभागि मध्ये सिन्धमा चार जनामा र प्यालेस्टाइनमा २ जनामा भाइरसको ‘पोजेटिभ’ नतिजा परीक्षण गरेको हो । उक्त जमातमा हजारौं मनिसहरु सामेल थिए । प्रचार टोलीका सदस्य एक व्यक्तिमा कोरोना भाइरस (COVID-19) को संक्रमण भेंटिएपछि प्रतिनिधि मण्डलका अन्य सदस्यहरूको पनि परीक्षणको लागि नमूना पठाइएको थियो ।
पाकिस्तानी संचारमाध्यमसँग कुरा गर्दै थप पाँच व्यक्तिको परिक्षण परिणाम ‘पोजेटिभ’ भयो भनेर त्यहाँका पुलिसका सहायक सुपरिटेन्डेन्ट अफ पुलिस (ए.एस.पी) हमजा अमानुल्लाहले जानकारी दिए ।
थप परिक्षण पनि गरिएका छन् ।
उनले भने अनुसार जमातका अन्य सदस्यहरुमा पनि परीक्षा लिइएको छ जसमा मदरसाका विद्यार्थी पनि थिए । संक्रमणको पुष्टि भएपछि प्रशासनले कोट हथियाललाई तालाबन्दी गर्यो र निकास तथा प्रवेश बिन्दुमा पुलिस तैनात गर्यो । ए.एस.पी.अमानुल्लाहले एक विज्ञप्ति जारी गरी जिल्ला प्रशासनले उक्त क्षेत्रका सबै बासिन्दाको परिक्षण लिने बताए । किराना पसल, दूध पसल र बेकरी बाहेक सबै पसलहरु त्यहाँ बन्द गरिएको छ ।
संक्रमण फैलिएको भनिएको राईविन्डको टेलेगीजमातमा भाग लिन विदेशी प्रतिनिधि मण्डल समेत पाकिस्तान आएका थिए । त्यस कारण त्यहाँबाट यस्तो भयावह नतिजा भएको छ । आक्रान्त मानिसहरु थप संक्रमणहरु पुष्टि नहोस भनेर कामना गरिरहेका छन् ।
नेपालमा भने सरकार लापरवाह र मुस्लिम समुदायका अगवाहरु निस्फिक्रि छन् ।
सरकारले आफ्ना लाखौं मुस्लिम जनतालाई र मुस्लिम धार्मिक अगुवाहरुले अनुयायि धर्मावलम्बीहरुलाई जोखिममा पार्नबाट रोकेन । जतिबेला चिनको बुहान प्रान्त्मा कोरोना भइरसको संक्रमणले हाहाकार मचाइरहेको थियो । त्यतिबेला यहाँ सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा मुसलमान समुदायको धार्मिक सम्मेलन इस्तामा भइरहेको थियो ।
सरकारले अन्तराष्ट्रिय स्तरमा भारी खतराको रुपमा आउनै लागेको कोरोना माहामारीबारे रत्तिभर पनि सचेत नभएको यस घटनाल पुष्टि गर्छ । समसामयिक अन्तराष्ट्रिय घट्नाक्रममा चाँसो राख्ने र विश्लेषण गर्नेतिर नेपालकति पिछडिएको रहेछ भन्ने कुराको ज्वलन्त उदहारण हो यो ।
अर्कोतिर शताब्दियौं देखि धर्मको राजनीतिक प्रयोग र राजनीतिमा धर्मको प्रयोग चलिरहेपछि धार्मिक अगुवाहरुले गर्ने गतिविधिबाट विवेकको पाटो हराएको देखिन्छ । धर्मावलम्बीहरुले आस्थापुर्वक आफ्नो कर्म निर्वाह गर्छन भने धार्मिक अगुवा र धर्म गुरुहरुले उनीहरुको यस निश्छलपनाको फाइदा उठाउँछन् ।
एउटा विज्ञप्ति जारी गरी आयोजकले पनि इस्तिमा स्थगित भएको र सारिएको घोषणा गर्न सक्थे । यस्तो महत्वपुर्ण र भब्य आयोजना स्थगनको उनीहरुको यस कदमले सरकारको समेत आँखा खोल्ने काम गर्न सक्थ्यो । तर, होइन यसो गरिएन । गैर इस्लामिक संगठनहरुले नेपालमा इस्लामिक प्रभाव बढ्दो रहेको प्रदर्शनका निम्ति यो आयोजना जसरी पनि गरिएको भन्ने अर्थयाए ।
खुलेर बोल्ने कुरा पनि थिएन, धार्मिक असहिष्णुताको आरोप लाग्न सक्थ्यो । उसै पनि कोरोना भन्दा खतरनाक हुन सक्ने धार्मिक द्वेश फैलिन नदिनु नै जाति । निर्धारित समयमा इस्तिमा त्यहाँ भयो । यसमा आउन भनिएका तेश्रो मुलुकका सहभागिलाई नल्याउन भनियो । उक्त कुरा कतिको पालना भयो वा भएन भन्ने कुराको कुनै लेखाजोखा छैन ।
जे होस त्यहाँबाट फर्केकाहरुमा संक्रमणको अवस्था के भयो ? उनीहरु यहाँ कस कसको सम्पर्कमा आए ? हजारौं संख्यामा भारतबाट पनि मानिसहरु आएका थिए त्यहाँ यसको असर के भयो ? भन्ने प्रश्नहरु अनुत्तरित छन् ।
जे होस त्यसमा आएकाहरु मध्ये कसैलाई पनि कोरोना संक्रमण नभएको भए त्यो सबभन्दा राम्रो पक्ष हो । तर उक्त समयमा आयोजना हुनु के जायज हो ? कोरोना भाइरस (COVID-19) को महामारीले गर्दा विश्वब्यापी रूपमा उत्पन्न भएको मानवीय संकटको संवेदशील घडीमा आम मानिसका मनमा अहिले भय र त्रास छ ।
संघीय सरकारको निर्णय अनुसार नेपाल र भारतको सिमा एक हप्तादेखि बन्द गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट जोगिन मन्त्रिपरिषदको ताजा बैठकले लकडाउन फेरी पनि एक साता लम्ब्याएको छ । यातायात, बजार, बिहेवारीका कार्यक्रम, तथा देशका सबै मन्दिरहरु बन्द गरिएका छन् । मस्जिदका जिम्मेवार व्यक्तिहरु भने सरकारको निर्देशनको पालना गराउन अझै तत्पर देखिदैनन । विश्वब्यापी माहामारी प्रतिको यस बेवास्ता र लापरवाहीले संकट बढाउने काम नगरोस यसैमा सबैको कल्याण हुनेछ, तर धर्मको नाममा हुने कुनैपनि अन्तराष्ट्रिय भेला, सहभागिता वा जमातको गतिविधी कति उचित छ यसतर्फ सबैले एक पटक सोच्ने हो की ?
यो लेखकको निजि बिचार हो ।