वीरगंज, चैत्र २८ ।
साहिब दरबार सेवा संस्थान चैरिटेबल ट्रष्टले आज सातौं दिन पनि वीरगंज नगर क्षेत्रमा सेनिटाईजर छर्किने कार्य जारी राखेको छ ।
साहिब दरबार सेवा संस्थान नेपालका संयोजक राजेशमान सिंहको नेतृत्वमा वीरगंज महानगरपालिका वडा नं ४ बीर्ता, नर्सिङ्ग क्याम्पस, बाल सुधार गृह र वडा नं ५ स्थित वीरगंज कारागारको हरेक स्थानमा वीरगंज वडा नं ४ का वडा अध्यक्ष जगत साह कानु को विशेष निगरानीमा सेनिटाईजर छर्किएको संस्थाका सदस्य लियाकत अलीले जानकारी दिनु भयो ।
कोरोना विरुद्धको लडाई हाम्रो साझा अभियान अन्तर्गत वीरगंज नगर एरियाको हरेक वडाहरुमा विश्वब्यापी फैलिएको कोरोना भाईरसलाई नियन्त्रण गर्नका लागी निःशुल्क सेनिटाईजर छर्किएने कार्य शुरु भएको अभियानमा खटिएका संस्थानका सदस्य जितेन्द्र साहले भने, कोरोनाले कसैलाई चिन्दैन, यसबाट बच्नका लागी हामीहरु सुरक्षा र सतकर्ता अपनाउन आवश्यक रहेको उनले बताए ।
नियमित रुपमा हात साबुन पानीले धौऔं वा सेनिटाईजर प्रयोग गरौं, भिडभाडमा नजाऔं सुरक्षा सतकर्ता अपनाऔं, कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाउँ उद्देश्यकका साथ वीरगंज नगर क्षेत्रमा सेनिटाईजर छर्किने कार्य आफनो संस्थाले गरेको राजेशमान सिंहले जनाएका छन् ।
कोरोना भाईरस नियन्त्रण गर्नका लागि नेपाल सरकारले लक डाउन गरेको छ । सिंहले सम्पुर्ण पर्सावासीहरु संग कोरोनाबाट सुरिक्षत रहन् लक डाउनको उल्लंघन नगर्न अनुरोध गरेका छन् । आजको सो अभियानमा साहिब दरबार सेवा संस्थानका सदस्यहरू रूपेशमान सिंह, लियाकत अली, अफरोज आलम, सुरेश मान, राहुल तुलस्यान, जियाउल हक, कलाम मंसूर लगायतको सहभागीता रहेको थियोे ।