काठमाडौं, बैशाख ११ । ६ दशक अघि सानो व्यापारबाट व्यवसाय शुरु गरेको आरएमसी गु्रप आज नेपालको आर्थिक मेरुदण्डको आधारशिला बन्दै उदाएको छ ।
प्रारम्भमा यसका प्रमुख श्रवण कुमार अग्रवालले काठमाडौंमा कपडाको व्यापार बाट आफ्नो व्यवसायीक जीवन शुरु गरेपछि कहिल्यै पनि पछाडि फर्केर हेर्न परेको छैन भनी उनी निकटष्थहरु बताउँछन । पछि हार्डवेयर व्यापार हुँदै आयात निर्यात र उद्योग कल कारखानामा आफुुलाई समर्पित गरेको यो व्यापारिक घरानालाई नेपालकै इमान्दार र निष्ठाको व्यापार गर्ने समुहको रुपमा चिनिन्छ ।
राजेश मेटल क्राफ्ट्सले उत्पादन गरेको आरएमसी सिमेन्ट नेपालबाट भारतमा निर्यात हुने पहिलो सिमेन्टको रुपमा स्थापित भएपछि यसले व्यापारमा निकै लामो फड्को मारेको हो । हाल तानसेन सिमेन्ट, आरएमसि सिमेन्ट, क्लिङ्कर, पाइप, जस्तापाता, बिजुली पोल, जिआइ पाइप, सटर पत्ति, प्लेन सिट उत्पादन र वितरणमा यो गु्रपलाई अग्रणी मानिन्छ ।
अझ तानसेन सिमेन्टको उत्पादनपछि त चीनको बहुराष्ट्रिय कम्पनिले समेत व्यापारिक साझेदार बन्ने सहमति गरेपछि त व्यापारिक क्षेत्र त्यसमा पनि सफल व्यवसायको लागि आरअएमसी गु्रप पाठशाला नै भएको छ ।
काठमाडौंमा जन्मिएका श्रवण कुमार अग्रवाल त्यसो त व्यापार हुँदै राजनीतिक क्षेत्रमा समेत आफुलाई स्थापित गर्न सफल भएका छन र संविधान सभाको सदस्य जस्तो गरिमा समेत बनाएका छन् । श्रवण अग्रवालका दुई छोरा राजेश अग्रवाल र विष्णु अग्रवालमा देखिएका समर्पण भावले त्यस गु्रपले थालनी गर्ने सबै व्यापारमा समेत सफलता प्राप्त गर्दै जानुले सफलताको कथा सबैको लागि प्रेरणादायी बनेको कुरा ग्रुपका महाप्रबन्धक मातादिन वर्मा बताउनु हुन्छ ।
उता आरएमसी सिमेन्ट सिमराका प्रबन्धक रबि शर्मा आफ्नो कारखानामा कार्यरत कर्मचारीहरुको नजरमा श्रवण बाबु, राजेश बाबु र विष्णु बाबु सुख र दुःखका साझा सहयात्री जस्तै भएको प्रतिक्रिया दिनुहुन्छ भने कार्यरत एक हजार मजदुर कर्मचारीहरुको नजरमा यो गु्रपको बारेमा आलोचना गर्ने कोही पनि नभएको प्रतिक्रिया दिनुहुन्छ ।
अझ संकटग्रस्त बनेको तत्कालिन एचएण्डबि बैंकका अध्यक्ष समेत भएका श्रवण कुमार अग्रवालकै दूरदर्शिताका कारण उक्त बैंक भिबोर विकास बैंकमा मर्ज हुँदै हिमगिरी विकास बैंकलाई समेत समेटेर हाल लुम्बिनी विकास बैंकको रुपमा कारोबार गर्दै आएपछि मुनाफा कमाउन समेत सफल भएको छ । त्यसैले जहाँ संकट त्यहाँ श्रवण कुमार अग्रवालको नेतृत्व भन्ने उखान नै यतिबेला चर्चामा रहेको छ ।
यी कारखानाका संचालकहरुले कार्यरत कर्मचारीलाई सधैंभरी इमान्दारीताको पाठ सिकाउने गरेको र त्यसलाई बोलीमा मात्र होइन व्यवहारमा पनि उतारेको कुरा कार्यरत कर्मचारी अनिल रेग्मी बताउँछन ।
हरेक मजदुर कर्मचारीको बिमा गर्नु मजदुर कर्मचारी खुशी र सुखि भएपछि मात्र इमान्दारिताका साथ काम गर्ने वातावरण निर्माणमा सघाउ पुग्ने धारणा राख्ने संचालकहरु नेपालको पुराना र रैथाने व्यापारिक घरानाभित्र पर्छन ।
अझ अप्रासंगिक विषयवस्तुलाई जोडेर कहिलेकाहीँ व्यापारीहरुलाई समाजका विभिन्न निकायले विचार बनाउने र त्यसबाट भ्रम छर्न मनगढन्ते एवं कपोल कल्पित बिचार उत्पादन गरि छरिने मानसिकताले भने आफुृहरुलाई बेला बखत पिरोल्ने र यसले व्यापार गर्नुपनि अपराध हो कि ? भन्ने भावना आउन थालेको गुनासो समेत संचालकहरु गर्छन ।
कर्म नै सफलताको कडी सम्झने राजेश मेटल क्राफ्ट्स कानुनले तोकेको सबै मापदण्ड पुरा गरि व्यापार व्यावसाय संचालन गर्दा आउने अवरोधलाइ भने कानूनले नै समय क्रमसँगै जवाफ दिने बताउँछन ।
नेपालमा जन्मनु, हुर्कनु, व्यापार व्यावसाय गर्नु, नेपालको आवश्यकता अनुसार आत्मनिर्भरमा आधारित राष्ट्रिय अर्थतन्त्र निर्माणमा स्वदेशमा उद्योग स्थापना गरेर रोजगारी सृजना गर्दै गएपछि सबै प्रकारको समस्या समाधान हुने र त्यसपछि सबैले पेशाप्रति इमान्दारिता प्रदर्शन गरेमा गलत सोच त्यसै हटेर जाने प्रतिक्रिया समेत यतिबेला संचालकहरु दिन थालेका छन् ।
देश लकडाउनमा छ यो बेला पुरै विश्व कोरोना भाइरसको महामारिमा युद्ध लडिरहेको बेला जीवन रक्षा नै प्रमुख भएपनि यसलाई समेत पुर्वाग्रही साँध्ने र विभिन्न व्यापारिक घरानासँग जोडेर पारिवारिक एवं अन्य व्यवसायीक सम्बन्धकै आधारमा प्रतिष्ठा हरण गर्ने खेलमा समाजको विभिन्न तह र तप्का लाग्ने बेला यो नभएकोले सबैले आ-आफ्नो जिम्मेवारी पुरा गर्न लाग्नुपर्ने तर्क अर्का एक कर्मचारीको छ ।